प्रतिरोधसहित आमहड्ताल पूर्ण सफल भएको विप्लवको प्रष्टोक्ति, प्रतिबन्ध निस्तेज पार्न अपिल(विज्ञप्तीसहित)

प्रतिरोधसहित आमहड्ताल पूर्ण सफल भएको विप्लवको प्रष्टोक्ति, प्रतिबन्ध निस्तेज पार्न अपिल(विज्ञप्तीसहित)

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौं, ३० फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले आज आह्वान गरेको नेपाल बन्द सफल भएको निश्कर्ष निकालेको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आमहडताल सहितको नेपाल बन्द प्रतिरोधसहित पूर्ण रुपले सफल भएको बताएका छन् ।
बिहीबार साँझ विज्ञप्ति प्रकाशित गर्दै महासचिव विप्लवले दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको भन्दै यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जाने बताए ।
सरकारले आफ्नो नरसंहारकारी दमनलाई वैधानिकता दिनकै लागि ने.क.पा.माथि प्रतिबन्ध घोषणा गरेको उनले बताए । जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले सरकारले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने पनि महासचिव विप्लवले प्रष्ठ पारेका छन् ।
केही समयदेखि आफ्नो पार्टी बिरुद्ध ओली नेतृत्वको सरकारले देशैभरि भीषण दमन चलाइराखेको भन्दै महासचिव विप्लवले जनताको घरमा छापामार्ने, कुटपिट गर्ने, गोली हान्नेसम्मको नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि नै पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको बताए ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लड्दा केहि अवरोधहरू आउनु स्वभाविक भएको पनि उनले बताए ।
यस्तै महासचिव विप्लवले आजको आमहडताल प्रतिरोधसहित पूर्ण रूपले सफल भएको भन्दै आन्दोलनमा विगतको जस्तै सहयोग, समर्थन, ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक पार्टी, व्यक्तित्व, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, किसान, मजदुर, पत्रकार सबैमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।
साथै विप्लवले पार्टीमाथि सरकारले घोषणा गरेको प्रतिबन्धलाई निस्तेज पार्न सम्पुर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादीहरू एकजुट भएर आन्दोलनमा उत्रिन पनि अपिल गरेका छन् ।

विज्ञप्ती हेर्नुहाेस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ