जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा स्वीकर्य छ, तर दलाल सत्तासामु एकरति झुक्दैनौंः विप्लव

जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा स्वीकर्य छ, तर दलाल सत्तासामु एकरति झुक्दैनौंः विप्लव

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 46.6K
    SHARES

काठमाडौं, ३० फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेको तर दलाल पूँजीवादी सत्ताको दमन र प्रतिबन्धसामु एकरति नझुक्ने स्पष्ट पारेका छन् ।यही फागुन २८ गते साँझ बसेको सरकारको मन्त्रिपरिषद्को बैठकले ने.क.पा.लाई कुनैपनि गतिविधि गर्न नदिने निर्णय सहित पार्टीलाई ‘अपराधिक संगठन’ भएको निस्कर्ष निकाल्दै प्रतिबन्ध लगाएको थियो । निर्णय संचारमाध्यममार्फत सार्वजनिक भएसँगै महासचिव विप्लवले प्रतिबन्ध गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध वक्क्तव्य दिँदै सरकारको निर्णयको घोर भत्सर्ना गरेका छन् । पार्टीमाथिको ‘प्रतिबन्ध’लाई विप्लवले केपी–बादल कम्पनीको अपराधिक र षडयन्त्रकारी निर्णय भनेका छन् । यसकिसिमको निर्णय आउनुलाई उनले अनौठो भएको बताएका छन् ।

जनयुद्धका तत्कालीन नेतृत्व गरेका प्रचण्डहरु तुच्छ स्वार्थका लागि कांग्रेस, एमाले र भारतसँग घाँटी जोड्न पुगेदेखि आफूहरुले जनता र राष्ट्रको भविष्यको लागि क्रान्तिको झण्डा निरन्तर उठाउँदै २०७२ मा घोषित संविधानलाई अस्वीकार गर्दै आइरहेको र त्यसयता यही फागुनको तेस्रो सातासम्म आईपुग्दा कपिलवस्तु शिवगढी अञ्चलपुरका युवा दुर्गाबहादुर रोकालाई समातेर गोली हानेर घाइते बनाएको र यसपछि आएको निर्णय पूर्वअनुमानकै विषय भएको महासचिव विप्लवले जनाएका छन् ।

चुनाव बहिष्कार यता मात्र राज्यले आफ्नो पार्टीका तीन जना कार्यकर्ताको हत्या गरिसकेको र तीन दर्जन बढीलाई घाइते बनाएको उल्लेख गर्दै सयौं नेता कार्यकर्तालाई झुठा मुद्दामा जेल हालिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । झापा विद्रोह र दस वर्षे जनयुद्धका उद्देश्य, सहिद, घाइते, बेपत्तालाई धोका दिने र विदेशीको दलाली गर्ने तस्कर, कमिसनखोर, बिचौलियासँग मिलेर राष्ट्र बेचेर पैसा खाने, जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, वैरी, भ्रष्ट, राज्यका मन्त्री र तिनका मतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने महासचिव विप्लवले आफ्नो लिखित वक्तव्यमा स्पष्ट पारेका छन् ।

‘केपी–बादल कम्पनी’ देश र जनताविरुद्ध अपराधिक षडयन्त्र गरिरहेको उल्लेख गर्दै उनले त्यसप्रति गम्भीर ध्यान दिन पनि बुद्धिजीवि, मानवअधिकार, पत्रकार, लोकतान्त्रिक, कम्युनिस्ट तथा देशभक्त शक्ति, प्रहरी र सेनासँग विशेष आग्रह गरिएको छ । शिवगढी अञ्चलपुर लगायत देशका विभिन्न स्थानमा ‘कथित’ अप्रेसन चलाएको र त्यसक्रममा अञ्चलपुरका स्थानीय युवा दुर्गाबहादुर रोकालाई समातेर ट्वाइलेटमा लगेर गोली हानेर घाइते बनाएको समेत महासचिव विप्लवले वक्तव्यमा स्पष्ट उल्लेख गरेका छन् ।

अरुण ३ जलविद्युत आयोजना, नीजि क्षेत्रको मोवाई सेवा प्रदायिक कम्पनी एनसेल र विदेशमा म्यानपावर सप्लाई गर्दै आइरहेको कम्पनीमाथिको भएको आक्रमणको जिम्मा समेत वक्तव्यमार्फत जिम्मा लिइएको छ । ‘अरुण ३, एनसे र मेनपावर सप्लाई कम्पनी माथिको कारवाही हामीले गरेको हो’ जारी वक्तव्यमा भनिएको छ । करिब एक महिना अगाडि संखुवासभाको अरुण ३, फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराइएको थियो ।

‘केपी–बादल कम्पनीले’ अरुण ३ मा राष्ट्रघाती सम्झौता गरेर अर्बौं रुपैयाँ कमिसन खाएको, एनसेलले राज्उलाई अर्बौं रुपैयाँ लाभकर छलेको र हजारौं युवा तथा दिदीबहिनीहरुलाई विदेशी बजारमा आलू बेचेसरह बिक्री गर्दै आइरहेको आरोप वक्तव्यमा लगाइएको छ । ने.क.पा.माथि प्रतिबन्ध लगाएर केपी–बादलहरुले आफ्नो भ्रष्ट र अपराधिक अनुहार छोप्ने कोशिस गरिरहेको भन्दै ने.क.पा.ले उनीहरुले जसरी विदेशी केन्द्र र पूँजीवादी दलालको सहयोगमा नभई आफ्नै बलबुताबाट जनता र राष्ट्रको भविष्यको लागि लड्दै आएको कुरा महासचिव विप्लवले स्पष्ट पारेका छन् । साथै ने.क.पा. निरन्तर देश र जनताको पक्षमा लडिरहेको र राष्ट्रिय स्वाधीनता र समृद्धिको लागि सच्चा पार्टी बनेर नेतृत्व गरिरहेको भन्दै चन्दा उठाउनु नैसर्गिक अधिकार भएको कुरा पनि उनले प्रष्ट पारेका छन् ।

हिजो बुधबार मात्र प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिहरुसँग विप्लवलाई ‘चन्दा’ नदिनू’ भनेर निर्देशनकै बेला महासचिव विप्लवको सो भनाई बाहिर आएको हो । यसप्रति कोही पनि भ्रमण नपरी दलाल पूँजीवादी सत्तालाई समाप्त पार्न अगाडि बढिरहेको क्रान्तिलाई सम्पूर्ण रुपबाट सहयोग गर्न समेत महासचिव विप्लवले सबैसँग आग्रह गरेका छन् ।

स्मरणीय छ, जनताको सत्ता, संविधान, जनमुक्ति सेना र जनअदालतसहित समानान्तर सत्ता चलाइरहेको ने.क.पा.ले बताउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ