काठमाडौं, ३० फागुन ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (ने.क.पा.)ले आह्वान गरेको बन्दका कारण काठमाडौं, उपत्यका सहित देशभरको जनजीवनप्रभावित भएको छ ।
सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध ने.क.पा.ले नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण बिहानैदेखि उद्योग, कलकारखाना शैक्षीक संस्था (क्याम्पस)हरु बन्द छन् । भनेलामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेको छैन ।
काठमाडौबाट पूर्व पश्चिम छुट्ने सवारी साधन चलेका छेनन् भने काठमाडौ, पोखरा, विराटनगर चितवन, झापा कालिकोट, लगायतका स्थानमा पनि बन्दको बिहानैदेखि प्रभाव परेको हाम्रा सहकर्मीहरुले जनाएक छन् ।यता धादिङमा बन्दको अवज्ञा गरेको भन्दै एउटा ट्रकमाथि बन्दकर्ताले तोडफोड गरेका छन् ।
उता बन्दको कालिकोटमा पनि प्रभाव छ । लामो तथा छोटो दुरीका गाडी चलेका छैनन् । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बन्दका क्रममा नेकपाका नेता कार्यकर्ता बिभिन्न स्थानमा सडकमा निस्कीएर नै बन्दको अबज्ञा नगर्न आग्रह गर्दै गरिरहेका छन् ।
गुल्मी, स्याङ्जामा र कञ्चनपुरमा समेत बन्दकाे प्रभाव परेकेा हाम्रा सहकर्मीले जनाएका छन्र । लामाे छाेटाे दुरीका सवारी साधन सन्चालनमा अाएका छैन भने बजार शैक्षिक सस्था,कलकारखाना ठप्प छ ।
यस्तै मकवानपुर थाहा नगरमा पनि बन्दको अवज्ञा गर्ने एक ट्रकमा आगजनी भएकाे जनाइएकाे छ ।