राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने, ललितपुरका विभित्र स्थानमा कोणसभा गर्ने

राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने, ललितपुरका विभित्र स्थानमा कोणसभा गर्ने

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने भएको छ ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरि आर्थिक रुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने लगायतका माग राखी गत फागुन ७ गते सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची महाकाली यात्रा गरेको हो ।

राप्रपाले २८१० किमि यात्रा पन्ध्र दिनमा तय गरेको र यस क्रममा साना ठूला गरि १५० वटा सभा भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

राप्रपा अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दु, बौद्ध र किराँत धर्म झल्कने आकर्षक पशुपतिनाथ, गाई, बौद्ध स्तुपा पनि फरकफरक सवारीमा यात्रासँगै थिए । हरेक दिन कम्तीमा १० वटाका दरले भएका साना ठूला सभाहरुमा स्थानीय र टाढा टाढाबाट समेत जनताको उपस्थिति रहेको उनले बताए ।

प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।

आज काठमाडौं आइपुग्ने स्वाभिमान यात्राले ललितपुरका विभित्र स्थानमा कोणसभा गर्नेछ । स्वाभिमान यात्रा चैत १ गते भक्तपुरबाट काठमाडौं आइ शहरका विभिन्न भाग परिक्रमा गरि डिल्लीबजारबाट शुरु हुने कलश यात्रासहित अपरान्ह १२ः१५ बजे भृकुटीमण्डपमा विशाल जनसभा गर्दै समापन हुने जनाइएको छ ।

सभालाई अध्यक्ष कमल थापासहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ