डा.भट्टराईले भने- विप्लवलाई प्रतिबन्ध लगाएर इतिहास दोहोर्याउन खोजिएको हो ?

डा.भट्टराईले भने- विप्लवलाई प्रतिबन्ध लगाएर इतिहास दोहोर्याउन खोजिएको हो ?

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं,फागुन २९ ।

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै त्यसको चौतर्फि बिरोध सुरु भएको छ । सरकारले विगतलाई भुलेर अपरिपक्क निर्णय गरेको स्वयंम सत्तारुढ दलकै नेता कार्यकर्ताहरुले बताउँन थालेका छन् ।

विभिन्न प्रतिकृया आइरहँदा राजनीतिक संवाद मार्फत निकास निकाल्नु पर्नेमा एकाएक प्रतिबन्ध लगाउनु गलत भएको प्रतिकृयाहरु आइरहेका छन् ।

यसैबीच नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले केपी ओली सरकारले विप्लव नेकपामाथि प्रतिवन्ध थोपरेर मजाकको नियति दोहर्याएको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले माक्र्सको भनाई उल्लेख गर्दै ओली सरकारले विप्लव नेकपालाई दमन गरेर सिध्याउने प्रतिवन्धको निर्णयलाई वियोगान्त र मजाकको रूपमा लिएको बताउनुभयो ।

सामाजिक संजाल फेसबुक र टवीटरमा बाबुरामले कम्युनिस्ट नाम गरेको सरकारले अर्काे कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध थोपर्नु अचम्म भएको भन्दै त्यसले पुर्याउने बाटो भनेकै विनाशको बाटो भएको उल्लेख गर्नुभयो । विप्लव नेकपालाई प्रतिवन्धित गरेर ओली सरकारले आफ्नो अवसानको बाटो पनि सँगै रोजेको बताउनुभयो ।

उता पुर्नगठीत नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले पनि सरकारी कदमको विरोध गर्नुभएको छ । किरातीले विप्लव नेकपालाई भने सरकारसँग वार्तामा आउन अनुरोध पनि गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहिले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको कडा शव्दमा विरोध गर्नुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय महासचिव समेत रहनुभएका शाहीले शाहीले सरकारको उक्त कदमलाई मुर्खताको संज्ञा दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ