काठमाडौँ , २९ फागुन । आफ्नै पूर्व सहयोद्धा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाइ आपराधिक संगठन घोषणा गर्दै प्रतिबन्ध लगाएर गृहमन्त्री रामबहादुर थापा बादल युरोपतिर लागेका छन् ।
मंगलबार अपरान्ह ४ बजेदेखि बसेर साँझ ६ बजे बसेको मन्त्रिपरिषद् बैठकमा विप्लव नेतृत्वको ने.क.पा.माथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्री बादलले नै राखेका थिए ।
स्रोतका अनुसार गृहमन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकबाट विप्लव नेकपामाथि प्रतिबन्ध लागेको तीन घण्टापछि बादल अष्ट्रियातर्फ उडेका हुन् ।
गृहमन्त्री बादल अष्ट्रियाको भियनामा हुन लागेको युनाइटेड नेशन्स अफिस अन ड्रग्स एन्ड क्राइमको २६ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन त्यसतर्फ गएका उनको सचिवालयले जनाएको छ ।
सरकारले केही दिनअघि मात्रै सिके राउतसँग ११ बुदे सहमती गरेको थियो । उक्त सहमतीको घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो स्तरबाट कमेन्ट गर्दै ने.क.क.पा. लाई लुटेरा समुहको संज्ञा दिएका थिए ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेक.क.पा.का गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले दिएका छन्।’
सरकारले स्वतन्त्र मधेस माग गर्दै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतसँग ११ बुँदे सहमति गरेको पाँच दिनपछि विप्लवमाथि प्रतिबन्ध लगाएको हो । सिके राउतका समर्थकले अहिले पनि एसियाको नयाँ देश मधेस भन्दै ठाउँ ठाउँमा प्रदर्शन गरिरहँदा सरकारी अधिकारी भने अन्तिम बिदाइ भन्दै प्रतिक्रिया दिइरहेका छन् ।