पोखरा, फागुन २८ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताउनु भएको छ । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताउनुभयो ।
नेपाल प्रेस युनियन कास्कीले आज गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा आफूहरुलार्य सह्य नहुने बताउनु भएकोहो ।
सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाउनु भयो । अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline