२८ फागुन, काठमाडौं ।
मन्त्रिपरिषद् पुनर्गठनबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षबीच छलफल भएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीपरिषद् हेरफेरबारे छलफल भएको बताए । उनकाअनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग कुराकानी भएको हो ।
छलफलमा प्रधानमन्त्री ओलीले आफुले हेरिरहेको र मन्त्रीपरिषद् हेरफेर गर्नुपरेमा दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर मात्रै गर्ने बताएको जाकारी प्रचण्डले दिए । तर अहिले हतारो भने नभएको प्रधानमन्त्री भनाई थियो, उनले भने ।
सन्चारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले भने, मैले यो तपाईंको मूल्यांकनमा भर पर्ने कुरा हो, र अधिकार क्षेत्र पनि तपाईकै हो भनेको छु । तपाई नै निर्णय गर्नुस् भनेर सुझाव दिएको छु । ’
नेकपा अध्यक्ष प्रचण्डले सिके राउत समूहसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको बताउदै सरकार र पार्टीको अहिलेको ध्यान पृथकतावादी आन्दोलन लागेका मानिसहरुलाई राष्ट्रिय एकताको मुल धारमा ल्याउने र संविधानको स्वीकार्यता बढाउन तर्फ रहेको बताए ।
सिके राउत समूहलाई आफ्नो कार्यकर्तालाई सम्झाउन केही समय लागेको हुनसक्ने भन्दै सहमति कार्यान्वयनबारे हतार गर्न जरुरी नभएको बताए ।