दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेपाल भ्रमण गरे

दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेपाल भ्रमण गरे

  • मङ्लबार, फाल्गुन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ ।

सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो ।

सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेका छन् । फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा ९२ दशमलव ५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ ।

युरोपेली मुलुक बेलायतबाट ८ दशमलव ७, जर्मनबाट २७ दशमलव ९ र फ्रान्सबाट आउने पर्यटकमा ७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ । यो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्षको दुई महीनामा ४० प्रतिशतले पर्यटक आगमन बढ्नुले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ