सिके राउतसँगको सहमतिपत्र विदेशबाट आएको दाबी गर्दै डा केसीले भने, ‘जनअभिमत’ भनेको जनमतसंग्रह नै हो

सिके राउतसँगको सहमतिपत्र विदेशबाट आएको दाबी गर्दै डा केसीले भने, ‘जनअभिमत’ भनेको जनमतसंग्रह नै हो

  • सोमवार, फाल्गुन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

काठमाडौ, २७ फागुन ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके) बीच भएको ११ बुँदे सहमतीको ड्राफ्ट बिदेशबाट आएको दाबी गरेका छन् ।
राजधानीमा सोमबार सम्वाद चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. केसीले विदेशमा अंग्रेजीमा बनेको ड्राफ्ट नेपालीमा उल्था गर्दा भाषामा गडबडी भएको दाबी गर्दै भने, ’बाहिरबाट ड्राफ्ट आएकाले शब्दको उल्थामा फरक परेको हो, सहमति उनीहरुले गरेका भए प्रष्ट भाषामा आउँथ्यो । ’
विगतमा भएका महत्वपूर्ण सहमति पनि विदेशी भूमिमा भएकाले शंका गर्ने आधार धेरै भएको जिकिर गर्दै केसीले शब्दलाई जसले जसरी व्याख्या गरेपनि ‘जनअभिमत’ भन्नाले जनमतसंग्रह नै हुने ठोकुवा गरे ।
केसीले ११ बुँदे सहमति नेपाल र नेपालीको अहितमा भएकाले यसको वास्तविकताबारे सरकारले जनतालाई जवाफ दिनुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ