खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस लाग्नु असह्यः नेता श्रेष्ठ

खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस लाग्नु असह्यः नेता श्रेष्ठ

  • सोमवार, फाल्गुन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, फागुन २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा खुल्लमखुल्ला बिखण्डनकारी नारा घन्किनु असह्य भएको टिप्पडि गरेका छन् ।
सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिकाबारे राजनीतिक बृत्तमा अनेक आशंकासहितका प्रश्न उठिरहेको समयमा राउतका कार्यकर्ताले जनकपुरमा विखण्डनकारी नारा लगाएपछि यस्तो प्रतिकृया जनाएका छन् ।
यता सांसदको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सिके राउत देशको अखण्डताको पक्षमा आएको दावी गर्दै राउतसँग ‘जनमत संग्रह’बारे कुनै सम्झौता नभएको प्रष्ट्याइरहदा राउतको स्वागतमा कार्यकर्ताले भने विखण्डनको नारा घन्काईरहेका थिए ।
आइतबार नै सिके राउत जनकपुर पुग्दा उनका समर्थक तथा कार्यकर्ताले उनलाई ‘फ्रि मधेस’ को झण्डासहित स्वागत गरे ।
त्यसलगत्तै नेकपा प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र कि भइरहेको छ ? यो हद भयो, असह्य भयो । बिखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि बिखण्डनवादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु. कदम चाल्नुपर्छ । गम्भीर बनौं ।’


प्रवक्ता श्रेष्ठले अर्को ट्वीट गर्दै समृद्ध नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता–शक्ति, पद–प्रतिष्ठा–प्रचार र पैसा–सुविधाको निम्ति ? यतिबेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्ध नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने ? गम्भीर आत्मसमीक्षा गरौं । राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ