राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

  • आइतवार, फाल्गुन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

२६ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरिका प्रस्थान गरेकी छन् ।संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोग को ६३औं अधिवेशनमा भाग लिन राष्ट्रपति भण्डारी आइतबार साँझ संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, न्यूयोर्कतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई  उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरे ।

अमेरिकामा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोगको ६३ औं अधिवेशनमा हुने ओमन इन पावर विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीकाे अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ