सरकारसँग सहमतिकाे मसी नसुक्दै सिके राउतका कार्यकर्ताले लगाए विखण्डनको नारा, अलग्गै दस्ता र झण्डा पनि

सरकारसँग सहमतिकाे मसी नसुक्दै सिके राउतका कार्यकर्ताले लगाए विखण्डनको नारा, अलग्गै दस्ता र झण्डा पनि

  • आइतवार, फाल्गुन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

जनकपुरधाम, २६ फागुन ।
सरकारसँग ११ बुँदे सहमति गरेका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताले पुरानै शैलीमा विखण्डको नारा लगाएका छन् ।
आइतवार काठमाडौँबाट सिके राउत जनकपुर पुग्दा एकातिर तालिम प्राप्त सुरक्षा दस्ता थिए भने अर्का्तिर उनका समर्थकले ‘स्वतन्त्र मधेसको’ नारा घन्काएका थिए ।
सरकारसँग ११ बुदे सहमति गरेर काठमाडौमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डको उपस्थितीमा पृथकतावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको घोषणा गरिएका राउत जनकपुर पुग्नेबित्तीकै उनका कार्यकर्ताहरुले भने पुरानै नारालाई झनै चर्काएका छन् ।
मूलधारको राजनीतिमा प्रवेश गराइएकाे भनिएका राउत आइतबार काठमाडौंबाट जनकपुर पुगे । राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका समर्थकहरुले स्वतन्त्र मधेसको नारा लगाएका थिए ।
‘फ्री मधेस’ लेखिएको झण्डा बोकेर राउतको स्वागतमा पुगेका कार्यकर्ताहरुले हिन्दी भाषामा विखण्डनको नारा लगाए । कार्यकर्ताहरुले  ‘नेपाली उपनिवेश मुर्दावाद, मधेश देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायतका नारा लगाएका थिए । कार्यकर्रताले नारा लगाउदै स्वागत गर्दा राउत भने नतमस्तक देखिए ।
राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताहरुले दस्ता नै बनाएका थिए । राउतका आठजना  कार्यकर्ता एकैप्रकारको कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, कालै चश्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झण्डा लिई विमानस्थलमा निस्फिक्रि उभिएका थिए ।


राउत विमानस्थलमा पुग्नु अगावै जिल्ला प्रहरी कार्यालय धनुषाबाट एकजना असई र एकजना प्रहरी जवान भीआईपी कक्षमा सुरक्षा दिन पुगेका थिए । राउतलाई सुरक्षाका लागि प्रशासनबाट सुरक्षाकर्मी उपलब्ध गराइएको हो ।
राउत विमानस्थलमा पुगेपछि उनीसँग सञ्चारकर्मीहरुलाई कुराकानी गर्न मात्रै रोक लगाएनन् फोटो खिच्न खोज्दा समर्थकहरुले रदुव्यवहार समेत गरे ।राउतसँग प्रश्न गर्ने सञ्चारकर्मीहरुलाई समर्थकहरुले दुर्व्यवहार गरेका हुन् । भीआईपी कक्षबाट राउतलाई उनको सुरक्षा दस्ताले चारैतिरबाट घेरेर बाहिर निकालेको थियो । राउतले पनि सञ्चारकर्मीलाई कुनै प्रतिकृया दिएनन् । उनी समर्थकहरुसँगै लागेर विमानस्थलबाट निस्केपछि नगर परिक्रमा गर्दै घर पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ