प्रदेशको विकास योजना बनाउन राजपालाई प्रधानमन्त्रीकाे सुझाव

प्रदेशको विकास योजना बनाउन राजपालाई प्रधानमन्त्रीकाे सुझाव

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

रौतहट, २५ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध फेहरिस्त बनाउनु भन्दा प्रदेश –२ मा विकासको योजना बनाउन राष्ट्रिय जनता पार्टी(राजपा)लाई सुझाव दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी(ने क पा) प्रदेश–२ कमिटीले शनिबार रौतहटमा आयोजना गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको बिरोध गरेर भन्दा देशको विकास र प्रदेशको विकासका लागि योजना बनाउन समय खर्चन सुझाव दिए ।
उनले सदरमुकाम जोड्ने सडक, सिचाइ, रेलमार्ग, हुलाकी मार्ग, कृषि लगायतका विषयमा सरकारले ठोस कार्यक्रमहरु संचालन गर्दै आएको दाबी समेत गरे । यस्तै प्रधानमन्त्री ओलीले ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समग्र मधेसको विकास तथा समृद्धिको अभियानमा लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनि सहभागी थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ