सरकार र सीके राउतबीच भएको सम्झौता मृत्युपत्रः नेता भीम रावल(भिडियाेसहित)

सरकार र सीके राउतबीच भएको सम्झौता मृत्युपत्रः नेता भीम रावल(भिडियाेसहित)

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकार र सीके राउतबीच भएको सम्झौता मृत्युपत्र भएको भन्दै आपत्ति जनाएका छन् ।

रावलले जनता टेलिभिजनसँग दिएकाे अन्तरवार्तामा सम्झौता दुई देशबीच भएको सहमति जस्तो भएको र राउतले जनमत संग्रह गर्न सरकार तयार भएको भन्ने कुरा आपत्तिजनाक भएकाे बताए ।यदि सरकार राउतले भनेझैं जनमत संग्रह गर्न तयार भएकै हो भने सम्झौता मृत्युपत्र सरह भएको रावलले बताए ।

अन्तरवार्ताको क्रममा रावलले सीके विगतमा राष्ट्रविरोधी र पृथकतावाद गतिविधि त्याग गरेको भन्ने नभएको बताउँदै सरकारले स्वतन्त्र मधेसको मान्यता दिएर ठूलो भुल गरेको बताए । उनले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको मान्यतालाई कुनैपनि किसिमले कुण्ठित भएको र कमजोर भएको कुरालाई स्वीकारगर्न नसकिने बताए ।

नेता रावलले तीन करोड नेपालीलाई सम्बोधन गर्दै सम्झौताले नेपालीको शीर झुकेको बताए । त्यसमा सबै नेपालीले प्रश्न गर्न समेत आग्रह गरे । उनले यति गम्भीर कुरामा पार्टीमा छलफल नगरिएको बताए । अन्तिम चरणमा सचिवालयका साथीहरुलाई पनि जानकारी गराएको भन्दै बैठकमा आपत्तिजनाउँदा पनि त्यसमा कुनै परिवर्तन नगर्ने भन्ने जवाफ आएको आफूले सुनेको बताए ।

सरकारले सीके राउतसँग दुईटा सम्झौता गरिएको खुलासा भएको छ । पत्रकारलाई सामान्य भाषा प्रयोग गरिएको सम्झौता पत्र बाँडिएको छ भने भित्र अर्को सम्झौता भएको छ ।

नेता रावलले ११ बुँदालाई कानुनी र राजनीतिक अर्थको विषयमा कुरा गर्दै सबै नेपाली प्रश्‍न उठाउनु पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ