रेल आउने कहिले, हातपात भने अहिले: बैठकमै कुटिए प्रभावित क्षेत्रका स्थानीय 

रेल आउने कहिले, हातपात भने अहिले: बैठकमै कुटिए प्रभावित क्षेत्रका स्थानीय 

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, २५ फागुन । पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा  स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन् ।

डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल नगरपालिकाको वडा नम्बर ११ कार्यालयमा बैठक बसेको थियो ।

उक्त बैठकमा सहमतिसहित डिपिआर गर्ने छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल ल्याएको भन्दै प्रभावित क्षेत्रका तीन ब्यक्तिले अर्याललाई कुटेका थिए । अर्याल पनि प्रभावित क्षेत्रकै बासिन्दा हुन ।

‘छलफलका क्रममा बिनाकारण आक्रमण भएको छ’, सोही क्षेत्रका जेष्ठ नागरिक मञ्चको संयोजकसमेत रहेका ६६ बर्षका अर्यालले भने, ‘ममाथि अन्याय भएको छ ।’ नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ