काठमाडाैं, २४ फागुन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले आगामी फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ ।
पछिल्लो समय देशभर सरकारले बढाएको दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्तो अराजनीतिक व्यबहार गरेको, गाउँगाउँमा संकटकालकै जसरी छापा मार्ने, गिरफ्तार गर्ने, यातनादिने झुट्टामुद्दा लगाउने कार्यगरिरहेको भन्दै आफ्ना कार्यकर्ताहरुको रिहाईको मागसहित नेपाल बन्दको आव्हान गरिएको हो ।
नेकपाका पार्टीका महासचिव विप्लवले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहितकाे सङघर्षको कार्यक्रम घोषणा गरेका छन् ।
पछिल्लो समय केपी—प्रचण्ड सरकारले देशभरी फासिष्ट दमन अभियान तीव्र वनाएको भन्दै बिप्लवले बिरोध गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline