‘लुटेर समूह’ नाम राख्न भन्दै विप्लव ने.क.पा.विरुद्ध प्रधानमन्त्री ओलीको कटाक्ष !

‘लुटेर समूह’ नाम राख्न भन्दै विप्लव ने.क.पा.विरुद्ध प्रधानमन्त्री ओलीको कटाक्ष !

  • शुक्रबार, फाल्गुन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, २४ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)लाई नाम फेर्न आग्रह गरेका छन् । सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा भन्न पनि बेइजत भएको बताए ।

आफुलाई नेकपा भन्न लाज लाग्ने गरेको भन्दै ओलीले निकै अहिष्ट शब्द प्रयोग गर्दै भने , ‘आफूले पनि नेकपै भन्नु पर्या छ । उनीहरु पनि नेकपा भन्छन्, बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’ नेकपाको नाम लिन बन्द गर, बरु लुटेर समूह (विप्लव), लुटेरा समूह (प्रकाण्ड) नाम राख ।’

हुन त पूर्व माओवादी केन्द्र र नेकपा एमाले एकता भएर नयाँ पार्टी अर्थात हालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राख्नु अघि नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०७३ फागुन १ मा काठमाडौंमा उद्घाटन गरेर जनयुद्धको उद्गगमस्थल रोल्पाको थवाङमा सम्पन्न गरेको आठौं महाधिवेशनबाट आफ्नो नाम परिवार्तन गरेको थियो । महाधिवेशनबाट ‘नेकपा माओवादी’ नामलाई परिवर्तन गरि नेपाल कम्युनिस्ट पार्टी(ने.क.पा.) राखेको थियो ।

कार्यक्रममा ने.क.पा. का कार्यकर्ताहरु हतियारसहित पक्राउ पर्न थालेको आरोप लगाउदै ओलीले सरकारले कारबाही गर्ने चेतावनी पनि दिए । सरकारले ने.क.पा.का गतिबिधि नियालीरहेको पनि ओलीको भनाई थियो । उनले भने, ‘यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ ।

यस्तै अर्को प्रसंगमा सिके राउत देखेर तराईमा रोटी सेक्ने धेरै देखिएको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई लाठी हान्यो भने गुलाबको फूल देखाउने सिके राउतलाई ढुंगा हानेको आरोप पनि लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ