बझाङ, २४ फागुन ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएको छ ।
नेकपा कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो नियन्त्रणमा लिएको जनाईएको छ ।
सांसद मल्ल बझाङस्थित बुगल नगरपालिकामा महिला भलिबल खेलकुद प्रतियोगिता उद्घाटनका लागि जाँदै थिइन् । त्यही क्रममा उनी नियन्त्रणामा परेकी हुन् ।
यसबारे बुझदा बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सांसद सुरक्षीत रहेको र आफ्नो केहि बेर अघि मात्रै कुराकानी भएको प्रतिकृया दिए । उनले कसैले सांसद मल्ललाई नियन्त्रणमा नलिएको र उनी प्रहरीसँगै रहेको पनि बताए । तर यसअघि बिभिन्न अनलाईन मिडियामा प्रमुख जिल्ला अधिकाीले नै उनी नेकपाको नियन्त्रणमा रहेको पुष्टि गरेको भन्दै समाचारहरु प्रकाशित भएका छन् ।
यसबारेको जिज्ञासामा उनले भने , खै कसरी हालेछन् मैले भनेको थिईन ।
देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।