प्रधानमन्त्री ओलीले प्रचण्डलाई सिके राउतसँग तुलना गरेपछि…

प्रधानमन्त्री ओलीले प्रचण्डलाई सिके राउतसँग तुलना गरेपछि…

  • शुक्रबार, फाल्गुन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, २४ फागुन ।
प्रधानमन्त्र केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिके राउतसँग तुलना गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रचण्ड र डा. चन्द्रकान्त राउत (सिके) लाई एउटै निर्णय क्षमता भएका नेताको संज्ञा दिए ।
राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमतिपछि मन्तब्य दिँदै ओलीले भने, ‘सिके राउतमा पनि निर्णय क्षमता देखेँ, पुष्पकमल दाहाल प्रचण्डमा त्यस्तो निर्णय क्षमता थियो ।
उनले थपे, प्रचण्डले जनयुद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आउन यस्तै निर्णय क्षमता देखाउनुभएको थियो’, ‘सिके राउतमा पनि मैले त्यस्तो छाँटकाँट देखेँ, निर्णय क्षमता बलियो छ ।’ ओलीले राउतको प्रशंसा गर्दै भने ‘राउतजीटेक्नोक्र्याट मात्रै होइन, एउटा थिंकर पनि हो’, ओलीले थपे, ‘त्यसैले यो निर्णय गर्न सक्नु भयो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ