काठमाडौं, २३ फागुन ।
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्चमा भएको बहसपछि राज्य विप्लवको अभियोगमा बन्दी बनाइएका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीध पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न सरकारको नाममा आदेश दिएको हो । तारेखमा राखेर अनुसन्धान गर्न समेत आदेशमा भनिएको छ ।
राउतलाई रौतहटबाट गिरफ्तार गरी केही महिनादेखि बन्दी अवस्थामा राख्दै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline