संयोजक न्यौपानेको कायरतापूर्ण गिरफ्तारी गरिएको भन्दै प्रतिवाद गर्न अखिल (क्रान्तिकारी)द्वारा अपिल (विज्ञप्तिसहित)

संयोजक न्यौपानेको कायरतापूर्ण गिरफ्तारी गरिएको भन्दै प्रतिवाद गर्न अखिल (क्रान्तिकारी)द्वारा अपिल (विज्ञप्तिसहित)

शान्तिपूर्ण शैक्षिक आन्दोलनमाथिको दमनकारी हर्कत रोक्न चेतावनी

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, २२ फागुन ।
अखिल (क्रान्तिकारी)ले संगठनको केन्द्रीय सचिवालय सदस्य पुष्प न्यौपानेलाई सरकारले षडयन्त्रपूर्वक कायरतापूर्ण तरिकाले बिनारकारण गिरफ्तार गरेको भन्दै भत्र्सना गरेको छ ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी नेता न्यौपानेलाई बिनाकारण अपहरण शैलीमा गिरफ्तारको जनाउँदै घोर भत्र्सना गरेका हुन् । नेता न्यौपानेलाई हिजो मंगलबार बाँकेको चिसापानीबाट संगठनको काममा रहेकै बेला प्रहरीले अपरहण शैलीमा गिरफ्तार गरेको थियो ।
संगठनप्रति देशैभरबाट बढिरहेको साथ, समर्थन र सहभागिताबाट आत्तिएर सरकारले संगठनमाथि प्रतिबन्ध लगाउने दुरासायबाट नेताहरुमाथि दमन र धरपकड साथै झुठा मुद्दा लगाउने हर्कतमा ‘सामाजिक दलाल पूँजीवादी–फासीवादी सरकार’को निर्देशनमा प्रहरीप्रशासन लागेको अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विद्यार्थी नेता न्यौपानेलाई तत्काल निसर्त ससम्मान रिहा गर्न र षडयन्त्रपूर्ण दमनकारी हर्कत बन्द गर्न माग गरिएको छ । न्यौपाने संगठनको भेरी संयोजक समेत हुन् । नेता पुष्प राष्ट्रघात, जनघात, भ्रष्टाचार, तस्करी तथा शैक्षिक चरम व्यापारीकरण तथा निजीकरणको विरुद्धमा सशक्त रुपमा संघर्षरत रहँदै आइरहेको देखेर त्यसबाट अतालिएर सरकारले गिरफ्तार र झुठा मुद्दाको प्रपञ्च र घृणित षडयन्त्र बाहेक अन्य केही नभएको अध्यक्ष ढकालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
संगठन अहिले शैक्षिक विकृति र विसंगति साथै चरम नीजिकरणविरुद्ध शान्तिपूर्ण आन्दोलन रहेको जनाउँदै सरकारको दमनकारी हर्कतको प्रतिवाद गर्न समेत अध्यक्ष ढकालले विज्ञिप्तमार्फत सिंगो संगठन पंक्तिसँग अपिल गरेका छन् ।
‘सामाजिक दलाल फाँसीवादी सरकारलाई भन्न चाहन्छौं कि अहिले हामी शान्तिपूर्वक आन्दोलनमा छौं । त्यसैले हामीमाथिको दमनकारी हर्कत बन्द गरियोस्’ विज्ञिप्तमा भनिएको छ ‘कायरतापूर्वक गरिएको गिरफ्तारीको तत्काल र कडा संघर्षमार्फत प्रतिवाद गर्न सम्पूर्ण कमरेडहरुमा विशेष अपिल गर्दछौं ।’
संघर्षबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवार स्वयम् सरकार हुने पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन् । यसअघि संगठनको केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाइ संगठनको काममा खटिरहेकै बेला मोरङको विराटनगर विमानस्थलबाट माद्द १७ गते साँझ गिरफ्तार गरी २५ दिनपछि मोरङ जिल्ला अदालतको आदेशमा रिहा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ