नेपाल कम्युनिस्ट पार्टीद्धारा भोली राप्ती बन्दको घोषणा

नेपाल कम्युनिस्ट पार्टीद्धारा भोली राप्ती बन्दको घोषणा

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

दाङ, २२ फागुन ।

गिरफ्ता नेता कार्यकर्ता रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टीले भोली फागुन २३ गते राप्ती बन्दको घोषणा गरेको छ । ने.क.पा राप्ती ब्यूरो इन्चार्ज सुवासले बिज्ञप्ती जारी गर्दै गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको विनासर्त रिहाइ गर्न माग गर्दै राप्ती बन्दको आह्वान गरेका हुन् ।
ब्यूरो इन्चार्ज सुवासले गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको विनासर्त रिहाइ गर्न, राज्य सरकारको फासिवादी रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मुल्यमान्यता स्थापित गर्न एक दिने राप्ती बन्दको घोषणा गरिएको बताए ।
देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेताकार्यकर्ताहरुको घर खानतलासी, गालीगलौज, आतकिंत पार्ने र रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुमा हस्तक्षेप भएको भन्दै उक्त कार्यको बिरोध समेत बिज्ञप्तीमार्फत गरिएको छ ।
यहि फागुन २० गते ने।क।पा। रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै उनीहरुलाई बिनासर्त तत्काल रिहा गर्न माग समेत गरिएको छ ।
“बन्द कार्यक्रमलाई सहयोग गरि सफल पार्न आदरणीय जनसमुदाय, किसान, मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगी, बुद्धिजीवि, व्यवसायीहरुलाई विशेष अनुरोध गर्दछौं र नेताकार्यकर्ताहरुको विनासर्त रिहाइ नगरि दलाल फासिवादी रवैया अपनाइरहेमा कडा भन्दा कडा प्रतिरोध संघर्षका कार्यक्रमहरु अघि बढाइने कागजी सरकारलाई चेतावनी र प्रतिरोध संघर्षहरुमा सहभागिताका लागि तयारी अवस्थामा रहन न्यायप्रेमी जनसमुदायहरुलाई यसै विज्ञप्तीमार्फत अपिल गर्दछौं” –विज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ