अझै रिस बाँकी छ भने दण्डित गर्नुहोस, म दण्डा भोग्न तयार छुः भट्टराई

अझै रिस बाँकी छ भने दण्डित गर्नुहोस, म दण्डा भोग्न तयार छुः भट्टराई

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, २२ फागुन । पूर्वपधानमन्त्री तथा नयाँ शक्ति नेपालका नेता डा. बाबुराम भट्टराईले सबै पक्षलाई समेट्नका लागि राष्ट्रिय सहमतिबाट संविधान संशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार संघीय संसदलाई सम्बोधन गर्दै भट्टराइले संबिधान कै कारण मुलुकमा द्धन्द भईरहेको भन्दै समाधानका लागिसंविधान संशोधन गर्नुपर्ने बताए ।
विप्लव नेतृत्वको नेकपा, मधेस तथा पूर्व लिम्बुआनका युवाहरुको संविधानका कारण असन्तुष्टि ब्यापक बढेकोले उनीहरुको गुनासो सम्बोधन गर्नुपर्ने भट्टराईको भनाई थियो ।
यस्तै उनले द्वन्द्ध व्यवस्थापनको काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिदै भने, ‘फरगिभ एन्ड फर्गेटको आधारमा अघि बढ्नुपर्छ । यसको विकल्प पनि छैन । कसलाई दण्डित गर्नुपर्छ गरौँ । साथीहरुलाई अझै रिस बाँकी छ भने दण्डित गर्नुहोस, म दण्डा भोग्न तयार छु । तर यसले समृद्धिको बाटो छेकेको छ ।’
डा. बाबुराम भट्टराईले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताए ।साथै विश्व पुँजीवादमा प्रवेश गरिसकेको अवस्थामा नेपालले पनि आफूलाई प्रतिष्पर्धी बनाउनुपर्ने उनको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ