प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना, शिक्षण अस्पतालले यसो भन्यो

प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना, शिक्षण अस्पतालले यसो भन्यो

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौँ, २२ फागुन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् ।
मुटुको नियमित जाँचका लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई अब्जरभेसनमा राख्नुपर्ने भएकाले भर्ना गरिएको विवि अस्पतालले बिज्ञप्ती निकालेर जानकारी दिएको छ ।
ओली मुटुको जाँचका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएका छन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार निजी चिकित्सको सल्लाहमा वीरगन्ज जाने कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली अस्पताल गएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण प्रा. डा. अरुण सायमी नेतृत्वको टोलीले गरिहरेको सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले बताएका छन् ।  प्रधानमन्त्री ओली गत कात्तिकमा पनि टिचिङमा भर्ना भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ