अधिकारीको निधनमा राष्ट्रियसभा र प्रतिनिधिसभाद्धारा शोक प्रस्ताव पारित

अधिकारीको निधनमा राष्ट्रियसभा र प्रतिनिधिसभाद्धारा शोक प्रस्ताव पारित

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौँ, २१ फागुन ।
प्रतिनिधिसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको थियो । यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद हुनुहुन्थ्यो । उहाँको निधनमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य हुनुहुन्थ्यो । उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्य रहनुभएका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुभएको पारित शोक प्रस्तावमा उल्लेख छ ।

उपचारका क्रममा उहाँको यही फागुन १८ गते राजधानीमा निधन भएको थियो । त्रियासी वर्षीय अधिकारीले राज्यका लागि पु¥याउनुभएको उच्च सम्मान गर्दै प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

यस्तै राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ विसं २०४८, २०५१ र २०५६ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।

पूर्वउपप्रधानमन्त्री अधिकारी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि सांसद हुनुहुन्थ्यो । उहाँको निधनमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य हुनुहुन्थ्यो । उहाँले विसं २०५१ र २०५५ मा अर्थमन्त्री, २०५३ मा निर्माण तथा यातायातमन्त्री, २०६१ र २०६७ सालमा उपप्रधानमन्त्रीलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्य रहनुभएका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुभएको पारित शोक प्रस्तावमा उल्लेख छ । उपचारका क्रममा उहाँको फागुन १८ गते राति ९ः३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको थियो । त्रियासी वर्षीय अधिकारीले पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै सभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ