दुई विधेयक विधायन समितिमा, राष्ट्रियसभा नियमावली प्रतिवेदन पेश

दुई विधेयक विधायन समितिमा, राष्ट्रियसभा नियमावली प्रतिवेदन पेश

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौँ, २१ फागुन ।
राष्ट्रिय सभाले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक’ र ‘लेखापरीक्षण विधेयक, २०७५’ विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले पारित गरेको छ ।

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले दुवै विधेयक सभामा प्रस्ताव गर्नुभएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको प्रतिवेदन पेश भएको छ । मस्यौदा तयार पार्न सांसद दिलकुमारी रावलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको थियो । समितिले सर्वसम्मत तयार पारेको मस्यौदा संयोजक रावलले आजको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पेश गर्नुभयो ।

यही फागुन २ गते पहिलो बैठक बसी समितिले काम शुरु गरेको थियो । औपचारिक एवं अनौपचारिक गरी आठ पटक बैठक बसी समितिले सर्वसम्मत रुपमा मस्यौदा तयार पारेको सांसद रावलले सुनाउनुभयो । समितिमा रामनारायण बिंडारी, जीतेन्द्रनारायण देवलगायत सदस्य हुनुहुन्थ्यो । सभाको अर्को बैठक यही फागुन २६ गते अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ