नेपाल चेम्बर र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बरबीच द्विपक्षीय तथा बहुपक्षीय लगानी प्रवद्र्धनसम्बन्धी समझदारी

नेपाल चेम्बर र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बरबीच द्विपक्षीय तथा बहुपक्षीय लगानी प्रवद्र्धनसम्बन्धी समझदारी

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौँ, २१ फागुन । नेपाल चेम्बर अफ कमर्स र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्स’बीच द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग सम्बधित साझा स्वार्थको प्रवद्र्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल चेम्बरकातर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डो–ल्याटिन अमेरिकन चेम्बरकातर्फबाट अध्यक्ष राजकुमार शर्माले हस्ताक्षर गरे ।

समझदारी पत्रमा इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्ससँगको सम्बन्धमार्फत ल्याटिन अमेरिकी मुलुकबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकसम्म विस्तार गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदानप्रदानलाई थप विविधीकरण गर्नेलगायत विषय समावेश छ ।
सो अवसरमा चेम्बरका अध्यक्ष श्रेष्ठले ल्याटिन अमेरिकी मुलुक र त्यहाँका व्यापारिक सङ्घसंस्थासँग बलियो सम्बन्ध भएको इन्डो–ल्याटिन अमेरिकन चेम्बरसँगको सम्बन्धबाट नेपाल चेम्बरको सम्बन्ध सिधैँ ल्याटिन अमेरिकासम्म पुग्ने विश्वास व्यक्त गरे । इन्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष शर्माले उक्त समझदारीबाट नेपालले आफ्नो संस्थामार्फत व्यापारिक फाइदा मात्र होइन, सामाजिक र साँस्कृतिक रुपमा समेत जोडिएर ल्याटिन अमेरिकी मुलुकमा नेपालको सँस्कृतिको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

नेपाल सामाजिक र साँस्कृतिक सम्पदामा अत्यन्तै समृद्ध मुलुक भएकाले यसलाई विश्वव्यापीकरण गर्ने थुप्रै सम्भावना भएको कुरामा जोड दिइएको चेम्बरका निर्देशक हरिप्रकाश चन्दले जानकारी दिए । नेपाली व्यापारिक सङ्घ–संस्थाले सो समझदारीबाट लाभ लिनसक्ने र त्यसबाट मुलुकलाई फाइदा हुने चेम्बरले जनाएको छ । हालसम्म नेपाल चेम्बरले अन्य देशका ६७ अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँग समझदारी गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ