सत्तारूढ सांसद र मुस्लिम आयोगका प्रस्तावित अध्यक्षबीच दाेहाेरी, कुनै हालतमा पछाडि हट्दिनँ: समिम

सत्तारूढ सांसद र मुस्लिम आयोगका प्रस्तावित अध्यक्षबीच दाेहाेरी, कुनै हालतमा पछाडि हट्दिनँ: समिम

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, फागुन २१ । सत्तारुढ दलका सांसदहरुले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीलाई स्वेच्छिक रुपमा पछि हट्न सुझाएका छन् । नागरिकतादेखि शैक्षिक प्रमाणपत्रसमेतमा विवाद आएपछि सात्तारुढ नेकपाकै सांसदहरुले अन्सारीलाई प्रस्तावित अध्यक्ष पदबाट पछि हट्न सुझाएका हुन् ।
तर अन्सारीले उक्त सुझावको ठाडै अस्वीकार गरे । उनले स्वेच्छिक रुपमा पछि नहट्ने अडान कसेका छन् ।
संसदीय सुनुवाई विशेष समितिमा सत्तारुढ नेकपाका सांसदहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डेले भोलि कानुनी समस्या आउने भन्दै स्वेच्छिक रुपमा पछि हट्न सुझाएका थिए । तर, अन्सारीले त्यसलाई अस्वीकार गरेका छन् । उनले भने, ‘म कुनै हालतमा ब्याक हुन्न । मैले कुनै त्रुटि गरेको छैन ।’
नागरिकतामा आफ्नो कारण नभइ अरुका कारण प्रश्न उठेको भन्दै छानबिन गर्न उनले चुनौती नै दिएका छन् । अन्सारीको नागरिकतामा फरक–फरक जन्ममिति हुनुका साथै शैक्षिक प्रमाणपत्र भारतीय भेटिएको थियो ।
आयोगको अध्यक्षमा सिफारिस हुनु दुई दिनअघि नै आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको तर्क गर्दै उनले पार्टीले निर्णय गर्न ढिलाइ गरेको बताएका छन् ।
६ माघमा मुस्लिम आयोगको अध्यक्ष सिफारिस हुँदासम्म उनी नेकपाको केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको समानुपातिकको बन्दसूचीमा थिए ।

मंगलबार बसेको सुनुवाइ समितिको बैठक अरु चार संवैधानिक आयोगका अध्यक्षको नाम अनुमोदन गरेर अनिश्चत समयका लागि स्थगित गरिएको छ ।
यसबाट भने अन्सारी समितिको अनुमोदन बिनै अध्यक्ष बन्ने सम्भावनापनि बढेको छ । संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनभित्र संवैधानिक आयोगका पदाधिकारीबारे सुनुवाइ समितिले कुनै निर्णय नगरे स्वतः त्यो पदमा पुग्ने व्यवस्था रहेकाले फागुन २५ सम्ममा अन्सारीबारे निर्णय नभए उनी आयोग अध्यक्ष बन्नसक्ने देखिएको छ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसन्चालन नियमावली २०७५ को दफा २६ अनुसार सुनुवाइ समितिले सिफारिस व्यक्तिको नाम पाएको ४५ दिनसम्म कुनै निर्णय नगरे सरकारले उनलाई पदमा नियुक्त गर्न बाधा नपर्ने उल्लेख छ । अन्सारीकाबारेमा त्यो ४५ दिन फागुन २५ गते पुग्दैछ ।
संसदीय सुनुवाइ समितिले कसैको नाम अस्वीकृत गर्न दुईतिहाइ मत आवश्यक पर्ने हुन्छ ।तर, समितिका नेकपाका सांसद राजेन्द्र श्रेष्ठले बैठक बहिस्कार गरेकाले अस्वीकृत गर्न दुईतिहाइ नपुगेको सत्तारुढ दलकै सांसदको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अन्सारीले सांसदहरूलाई आफू कानुनी र अरू सबै किमिमले बलियो रहेको पनि बताएका थिए ।

निर्वाचनअघि राजपा नेपाल त्यागेर तत्कालीन नेकपा एमाले प्रवेश गरेका अन्सारीको नाम ओलीसँगको निकटताकै कारण समानुपातिकतर्फ बन्द सूचीमा मुस्लिमतर्फ एक नम्बरमा राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ