समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिका– उपसभामुख शर्मा

समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिका– उपसभामुख शर्मा

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

पोखरा, २१ फागुन। 

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

शिवरात्रि पर्वको अवसरमा अरुणोदय युथ क्लब पोखरा–७ द्वारा आयोजित छैटौँ महाशिवरात्रि घारीपाटन साँझको उद्घाटन कार्यक्रममा उहाँले शिवरात्रि कुलत, हिंसा र अहङ्काररहित पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । जनअपेक्षाअनुरूप गरिने गतिविधिले सङ्घीय व्यवस्था बलियो हुने बताउँदै उहाँले त्यसका लागि तीनवटै सरकार जिम्मेवार भएर विकास निर्माणमा जुट्नुपर्ने उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बरालले घारीपाटन क्षेत्रलाई आगामी तीन बर्षभित्र धुले माटोरहित बनाउने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माण वडावासीको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महानगर सहकारी व्यवस्थापन समिति संयोजक तेजनारायण अधिकारीले क्लबले गर्ने प्रत्येक गतिविधिले युवावर्गलाई कुलतमा लाग्नबाट जोगाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो । क्लबका अध्यक्ष सुरेश गुरुङ, महानगर न्यायिक समितिका सदस्य किशोर बराल, नेका वडा सभापति नवीन बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाही, क्लबका उपाध्यक्ष घनश्याम लामिछानेलगायतले कला, संस्कृतिको जगेर्ना गर्न यस्ता पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो ।

कार्यक्रममा समाजका ज्येष्ठ नागरिक ९६ वर्षीय हस्तबहादुर घले र ९६ वर्षीय बलमाया गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने नृत्य प्रशिक्षकद्वय प्रकृति गुरुङ र रोहिवी राई गुरुङलाई सम्मान गरिएको थियो । सोही कार्यक्रमा दुवै मिर्गाैला फेल भई उपचाररत १८ वर्षीय मञ्जिल गुरुङलाई क्लबको तर्पmबाट रु १४ हजार ८४० आर्थिक सहयोग गरिएको क्लबका सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ