पूर्वका गाँउ–झुपडीमा विप्लव नेकपाको अभियान तिब्र, वैद्य–प्रचण्ड छोडेर दर्जनौ नेता ध्रुबिकृत (फाेटाेफिचर)

पूर्वका गाँउ–झुपडीमा विप्लव नेकपाको अभियान तिब्र, वैद्य–प्रचण्ड छोडेर दर्जनौ नेता ध्रुबिकृत (फाेटाेफिचर)

  • सोमवार, फाल्गुन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 34K
    SHARES

सिन्धुली, २० फागुन ।
वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा साथ संघर्षरत नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत हुने क्रम पछिल्लो चरणमा वृद्धि भइरहेको छ । उसले माघ १ गतेबाट जारी राखेको ‘संगठन सुदृढिकीकरण तथा विस्तार अभियान–२’ मा देशभर नेकपामा प्रवेश गर्ने क्रम लहरै चलेको जानकारी दिएको छ ।

यसैबीच यही फागुन ८ गते भालु भंज्याङ– १ मा भएको पार्टी ध्रुबिकरण तथा पूर्णकालिन कार्यकर्ता घोषणा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सदस्य तथा गोलञ्जर इलाका अध्यक्ष मुक्ति पहाडी, सोही पार्टीको युवा संगठन संयोजक तथा जिल्ला समिति पार्टी सदस्य राजिव सुनुवार, सोही पार्टीका गोलन्जर गापा–१ युवा संगठनका संयोजक कृष्ण श्रेष्ठ नेकपामा धु्रविकृत भएका छन् ।

त्यस्तै प्रचण्ड समुहका गोलञ्जर गाउँपालिकाका वाइसिएल अध्यक्ष उदय अछामी, दुधौली नगरपालिका कमिटीका सदस्य भरत खड्का पनि विप्लव नेतृत्वको नेकपामा धु्रविकृत भएका छन् ।
त्यसैगरी जनयुद्धताका २०५८ मा सिन्धुली जनसरकार प्रमुख भएका मुक्ति पहाडी, जिल्ला सदस्य रमेश चौहान, वडा प्रमुख राजन चौहान नेकपामा प्रवेश गरेका छन् । उनीहरु क्रान्तिकारी माओवादीमा आवद्ध थिए । मुलुकले राजनीतिक निकास खोजिरहेको बेलामा पनि पार्टी अकर्मण्यताको दलदलमा फसेको भन्दै पार्टी त्याग गरेको नवप्रवेशीहरुको भनाई छ ।

नवप्रवेशी पहाडी, अछामी, श्रेष्ठ, खडका, राजिव सुनुवार र कमला राना नेकपामा पूर्णकालिन कार्यकर्ता घोषित भएका हुन् । पहाडी २०५६ सालकै जनयुद्धका पूर्णकालिन कार्यकर्ता हुन ।

कार्यक्रमको प्रमुख अथिती नेकपाकी पोलिब्यूरो सदस्य तथा जनकपुर ब्यूरोकी अभियान टोली प्रमुख उमा भुजेल ‘शिलु’ ले क्रान्ति र परिवर्तनको यात्रामा सहभागी भएको भन्दै ध्रुविकृत सदस्यहरुलाई स्वागत गरेकी थिइन । मौसम राईले कार्यक्रमको अध्यक्षता गरेका थिए भने सञ्चालन राजन बस्नेत गरेका थिए । स्वागत मन्तव्य गोपाल तामाङ र दिनेश सारुले राखेका थिए । कार्यक्रममा राजिव सुनुवार, मुक्ति पहाडी र शंकर थापाले अनुभूतिसाथ मन्तव्य राखेका थिए ।

त्यसैगरी फागुन १९ गते गोलञ्जर–१ को सिमलटार (साबिक दुरभञ्ज्याङ गाविस–३) आयोजित ध्रुविकरण कार्यक्रमम क्रान्तिकारी माओवादी र प्रचण्ड समुहका दर्जनौं कार्यकर्ता नेकपामा प्रवेश गरेको समाचारमा जनाइएको छ । नवप्रवेशीहरुले विप्लवको नेतृत्वमा प्रचण्डहरुले अलपत्र छाडेर धोका दिएको क्रान्तिको झण्डा पुनः उठाउँदै जनताको अधिकारको लडाई सम्पन्न गर्न आफूहरुले सक्दो योगदान दिने प्रतिवद्धता व्यक्त गरे ।

९ सदस्य वडा कमिटि गठन

नेपाल कम्युनिस्ट पार्टीकाे जारी अभियानका क्रममा गाेलन्जर १ मा ९ सदस्यीय वडा कमिटि गठन गरिएकाे छ । मुक्ति पहाडिकाे नेतृत्वमा कमिटि गठन गरिएकाे जनकपुर व्युराेले जनाएकाे छ । जिल्लाका बिभन्न वडाहरूमा पनि कमिटि निर्माण कार्यले तिब्रता पाएकाे जनाइएकाे छ । कतिपय वडाहरूमा भने यस अघि नै कमिटि गठन भइसकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी