काठमाडौं, १६ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव बिहीबार ३ बजेपछि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोष्टमार्टमपछि टुँडिखेलमा राखिने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिबालयको बैठकले उक्त निर्णय गरेको हो ।त्यस्तैगरी बैठकले देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
यस्तै देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिका राख्ने र फागुन २३ गते केन्द्रीयस्तरमा श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि बैंठकले गरेको छ । नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ ।
नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ ।