नेकपाका पाँच कार्यकर्ता इलामबाट गिरफ्तार, तत्काल रिहा गर्न चेतावनी

नेकपाका पाँच कार्यकर्ता इलामबाट गिरफ्तार, तत्काल रिहा गर्न चेतावनी

  • मङ्लबार, फाल्गुन १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

इलाम,१४फाल्गुन ।
सहिद परिवारलाई सम्मान गर्न गएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ जना कार्यकर्तालाई मंगलबार ईलामबाट प्रहरीले गिरफ्तार गरेको छ ।
इलामको फाकफोकथुम गाउँपालिका १ आँमचोकबाट मङ्गलबार सहिद परिवाारलाई सम्मान गरिरहेका बेला इलामका जिल्ला कमिटी सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बूलाई गिरफ्तार गरेको हो ।
आज सहिद सप्ताहको पहिलो दिन सहिदहरु प्रति श्रद्धाञ्जली , बेपत्ता तथा घाइते योद्धाहरु सम्मान तथा स्मरण गर्दै सहिद तथा बेपत्ता योद्धाहरुले देखाएको बाटोमा निरन्तर अघि बढने प्रण गर्दै अभियान २ मेचि ब्युरोका अभियान्ताहरु शहीद परिवारलाई सम्मान कार्यक्रममा सरिक भई रहेका बेला प्रहरीले गिरफ्तारमा परेका हुन्।
पोलिटब्युरो सदस्य तथा भूमिहीन सुुुुकुम्बासी महासंघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनलाई भने विप्लवका कार्यकर्ताले प्रहरीको भेनबाटै खोसेर लगेको स्थानीय बासिन्दाले बताए।
यसैबीच गिरफ्तारको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीले तत्काल रिहाईको माग गरेको छ ।
नेकपा मेची ब्युरो इन्चार्ज सुमन लिम्बुले चेतावनी सहितको विज्ञप्ति जारी गर्दै तत्काल रिहाईको माग गरेका छन् ।
कार्यकर्ताहरुलाइ तुरुन्त रिहा नगरे परिस्थिति गम्भीर बन्ने विज्ञप्तीमा चेतावनी दिईएको छ । आफ्नो पार्टी अभियानमा रहेका बेला गिरफ्तारी गरिएको भन्दै पक्राउ गरिएका आफ्ना कार्यकर्ता रिहाइ नगरिए जस्तोसुकै परिस्थिति आउने र सो को जिम्मेवारी स्वयं राज्य हुनुपर्ने उल्लेख गरिएको छ।
२०५२ सालमा सुक्षाकर्मीको गोली लागेर मृत्यु भएका सहिद दीलबहादुर रम्तेलको सम्झनामा हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ