नारायणहिटी सङ्ग्रहालयभित्र गोपालवंशीदेखि शाहवंशीसम्मको दरबार अवलाेकनका लागि पर्यटक भित्र्याउन सकिन्छः नेपाल 

नारायणहिटी सङ्ग्रहालयभित्र गोपालवंशीदेखि शाहवंशीसम्मको दरबार अवलाेकनका लागि पर्यटक भित्र्याउन सकिन्छः नेपाल 

  • आइतवार, फाल्गुन १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

ललितपुर, १२ फागुन। 

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दक्षिण ललितपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक भएको बताउनुभएको छ ।

महाङ्काल गाउँपालिका वडा नं ३ गोटीखेलमा आज आयोजित ‘श्रीमद्भागवत एवं शिवपुराण ज्ञानमहायज्ञ’ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले यहाँ पर्यटकीय गणतव्यका थुप्रै सम्भावना भएकाले स्वदेशी मात्र नभई विदेशी पर्यटक पनि उत्तिकै भित्र्याउन आवश्यक देखिएको बताउनुभयो ।

“हाम्रो देशले चारदेखि पाँच हजार वर्ष पुरानो इतिहास बोकेको छ”, नेता नेपालले भन्नुभयो, “यहाँ रहेका कूल १२५ जातजातिमध्ये एक जातिले मात्र नेपालमा पर्यटन विकास गरेर अघि बढ्न सम्भव छैन, त्यसैले सबै जाति मिलेर देश विकासमा उत्तिकै योगदान गर्नुपर्छ ।”

ललितपुरका स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर छिट्टै विकास समिति गठन गरी अघि बढ्न वरिष्ठ नेता नेपालले सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नारायणहिटी सङ्ग्रहालयभित्र गोपालवंशीदेखि शाहवंशीसम्मको दरबार निर्माण गरेमा त्यहाँ आन्तरिक मात्र नभई बाह्य पर्यटक पनि अध्ययन र अवलोकनका लागि उत्तिकै भित्रिनेछन् ।”

कार्यक्रममा प्रदेशसभा सदस्य लालकुमारी पुनले दक्षिण ललितपुरको विकास गर्न लेलेबाट ठूलादुर्लुङसम्म छोटो सडक विस्तार गर्न लागिएको जानकारी दिनुभयो । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले दक्षिण ललितपुरको गोटिखेल विकासमा आफूले सकेसम्मको सबै सहयोग गर्ने बताउनुभयो । महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले गोटीखेलमा पर्यटकीय क्षेत्र विस्तार गर्न त्यहाँबाट चापागाउँ जाने सडक खोल्न लागिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ