काठमाडाैं, १२ फागुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजालले अब युवा पुस्ताले पार्टीकाे नेतृत्व गर्नुपर्ने बताएका छन्।
६९ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनस्थित फेलथाममा गरेको अन्तर्क्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले पार्टी नेतृत्वमा नयाँ पुस्ता आउन जरुरी रहेको बताए । पुरानै पुस्ताका नेताहरुबाट अब पार्टीलाई गतिदिन कठीन रहेको भन्दै रिजालले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व लिनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अथिति रिजालले सभापति शेरबहादुर देउवाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र नेता रामचन्द्र पौडेलले पनि सहज वातावरण तयार गरिदिनुपर्नेमा जोड दिए।
देउवा–पौडेललगायतका पुराना पुस्ताका नेताहरुमा अनुभव, ज्ञान र बुद्धि अथाह भएपनि ऊर्जा भने कम रहेको भन्दै त्यसको पूर्ति नयाँ पुस्तालेमात्रै गर्ने सक्ने उनको दाबी थियो।
‘मान्छे जति बूढो भयो उति बुद्धि बढु्छ तर ऊर्जा र तागत घट्दै जान्छ। शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा अथाह अनुभव र बुद्धि छ तर उर्जा र तागत भने घट्दै गएको छ’ त्यसैले अब पार्टीकाे नेतृत्व युवा पुस्तालाइ दिनुपर्छ ।