वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनप्रति विप्लवद्वारा श्रद्धाञ्जली

वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनप्रति विप्लवद्वारा श्रद्धाञ्जली

  • आइतवार, फाल्गुन १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

काठमाडौँ, १२ फागुन । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले समवेदाना व्यक्त गरेको छ ।
पाका, सिद्धान्तनिष्ठ र सरल जीवनशैलीका नेता कृष्णदास श्रेष्ठ माक्र्सवादी साहित्यको नेपाली भाषान्तरणका क्षेत्रमा विशेष रूपले स्थापित थिए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कृष्णदास श्रेष्ठको निधनले आफ्नो पार्टीलाई गहिरो चोट पुगेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको भन्दै श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
विप्लवद्वारा शनिबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपालका पाका, सिद्धान्तनिष्ठ र सरल जीवनशैलीका कम्युनिस्ट अग्रज नेता कृष्णदास श्रेष्ठको निधनले हाम्रो पार्टीलाई गहिरो चोट पुगेको छ । माक्र्सवादी साहित्यहरूको नेपाली भाषान्तरण गर्ने, माक्र्सवादी सौन्दर्यशास्त्रमा विशेष दखल राख्ने कमरेड श्रेष्ठको निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ । यस दुःखद् घडीमा कमरेड कृष्णदास श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै उहाँकी जीवनसँगिनी कमरेड महालक्ष्मीलगायत सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गरिन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ