सत्तारुढ नेकपाभित्रको बिबादः समानान्तर प्रतिवेदन बुझाउने नेताहरुको तयारी, अध्यक्ष ओलीले बुझ्लान ?

सत्तारुढ नेकपाभित्रको बिबादः समानान्तर प्रतिवेदन बुझाउने नेताहरुको तयारी, अध्यक्ष ओलीले बुझ्लान ?

  • आइतवार, फाल्गुन १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ, १२ फागुन ।
संगठनात्मक एकीकरण कार्यदल भंग गरेपछि असन्तुष्ट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले आज पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।

कार्यदलका बहुमत सदस्यहरुले अध्यक्ष ओलीलाई प्रतिबेदन बुझाउने तयारी गरेको भएपनि ओलीले उक्त प्रतिवेदन बुझन तयार देखिदैनन् ।
यसअघि हिजो शनिबार ने प्रतिवेदन बुझाउने तयारि गरेपनि अध्यक्ष केपी ओलीले समय नै दिएनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समानान्तर प्रतिवेदन बुझ्न आलटाल गरेका हुन् ।
कार्यदलका सदस्य लेखराज भट्टका अनुसार शनिबारका लागि समय मागिएको भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष व्यस्त बन्नुभएकाले प्रतिवेदन बुझाउनसकिएको थिएन । आज ओलीले समय दिए प्रतिवेदन बुझाउने उनले बताए ।
केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले कार्यदलको समय थप नगरेपछि असन्तुष्ट बहुमत सदस्यहरूले संयोजक रामबहादुर थापा बादलले बुझाएको प्रतिवेदनको अर्को समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका हुन् ।
उनीहरूले कार्यदल संयोजक थापा, अर्का सदस्य विष्णु पौडेल र अध्यक्ष केपी ओलीले कार्यदललाई काम गर्नै नदिएर काम गर्न नसकेको आरोप लगाउँदै कार्यदल भंग गरेको आरोप लगाएका छन् ।

नौ सदस्यीय कार्यदलमा थापा र पौडेलसहित योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, शंकर पोखरेल, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र रघुवीर महासेठ सदस्य थिए । शुक्रबारको सचिवालय बैठकले कार्यदल विघटन गरेर पार्टी एकीकरणको बाँकी काम सचिवालयबाटै गर्ने निर्णय गरेको थियो । समानान्तर प्रतिवेदन योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डेले तयार पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ