विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारलाई कांग्रेसको सुझाव, विगतका घटनाबाट पाठ सिक्नुपर्छः गच्छदार

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारलाई कांग्रेसको सुझाव, विगतका घटनाबाट पाठ सिक्नुपर्छः गच्छदार

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

विराटनगर, ११ फागुन।

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले वार्ता गरेर समस्या समाधान गनुपर्ने बताएका छन् ।
गोलीबाट समस्या हल नहुने भन्दै उपसभापति गच्छदारले विप्लव नेकपासँग तत्काल वार्ता गर्न सरकारलाई सुझाव दिए ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, गोलीबाट समस्या समाधान हुँदैन, त्यसैले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्नुपर्छ ।
विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने पनि बताए ।
वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप समेत गच्छदारको थियो ।
मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको छ भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ