दैलेखमा नेकपाको अभियान तिब्र, ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारको बेजोड प्रस्तुती(फाेटाेफिचर)

दैलेखमा नेकपाको अभियान तिब्र, ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारको बेजोड प्रस्तुती(फाेटाेफिचर)

  • शुक्रबार, फाल्गुन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

दैलेख, १० फागुन ।
नेपाल कम्युनिस्ट पार्टीद्धारा देशव्यापि संचालीत संगठन सुदृणिकरण तथा बिस्तार अभियान २ पश्चिम कमान्डअन्तर्गत दैलेखमा सानदार रुपमा अघि बढीरहेको छ । माघ १ गतेबाट सुरु भएको अभियानमा कलाकारहरुले समेत बेजोड प्रस्तुती दिईरहेका छन् ।

अभियान कै क्रममा पश्चिम कमाण्डले फागुन १ गते दैलेखमा जनयुद्ध दिवस मनाइएको छ । दैलेखमा नवगठित ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारका कलाकारहरूको विशेष सांस्कृतिक कार्यक्रमसहित जनसभा सम्पन्न भएको हो ।

सभामा पश्चिम कमान्डअन्तर्गत कर्णाली ब्युरो सदस्य भीष्मकुमार शाही र सङ्गमले सम्बोधन गरेका थिए । वक्ताहरूले चुनावका बेला झुठा आश्वासन जनतालाई बाडेर चुनाव जितेपछि भारी करबृद्धि गरी उनीहरुमाथि नै शोषण गरिरहेको भन्दै सत्ताधारी राजनीतिक दललाई खबरदारी गरेका थिए ।

महासचिव विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीले जनताको जनसत्ता बेज्ञानिक समाजवाद स्थापनार्थ एकिकृत जनक्रान्ति सुरु गरेको भन्दै उनीहरुले एकीकृत जनक्रान्तिले सबैखाले शोषण, दमन र विभेद अन्त्य गर्ने र दलालहरूलाई ठेगान लगाउने बताए ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य मदन शाहीले पनि बोलेका थिए ।दैलेखमा ३५ सदस्यीय सांस्कृतिक परिवार गठन भएपछि कर्णालीमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान भव्य बन्दै गएको जानकारी नेकपाका कर्णाली ब्युरो सदस्य भीष्मकुमार शाहीले बताए ।

उता, दैलेखको राखम कर्णाली सांस्कृतिक महोत्सव नेकपाको ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारका कलाकारहरूको जनवादी सांस्कृतिक कार्यक्रममा स्थानियको पनि चमचम गर्ने खुकुरी बोलको गीतमा क्रान्तिकारी नृत्य गरेपछि दर्शकहरू झुम्मिएका थिए ।

महोत्सव सामूहिक कार्यक्रम भए पनि सांस्कृतिक कार्यक्रमका कारण नेकपामय बनेको दैलेखबाट प्राप्त समाचारमा जनाइएको छ ।
यस्तै चामुण्डा बिन्द्रासैनि नगरपालिका मा विशाल जनसभागरी फागुन १ गते २४ औ जनयुद्ध दिबस जनकलाकारकाे बेजाेड प्रस्तुतिसहित सम्पन्न गरेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ