भ्रष्टचारी गाँउ गाँउबाट लखेटिनेछन्: असल

भ्रष्टचारी गाँउ गाँउबाट लखेटिनेछन्: असल

'ओली नेतृत्वको कम्युनिस्ट सरकार अहिलेसम्मकै बदनाम'

  • शुक्रबार, फाल्गुन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

जाजरकोट, १० फागुन ।
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा केन्द्रिय सदस्य असल क्षेत्रीले केपी ओली नेतृत्वको कम्युनिसट सरकार अहिलेसम्कै बदनाम बन्न पुगेको बताएका छन् ।
विगतमा काग्रेस नेतृत्वको सरकारले भन्दा पनि तल गिरेर अहिलेको कम्युनिस्ट नामधारी सरकारले राष्ट्रघात र जनघात गरेको उनले बताए ।
संगठन सुदृणिकरण तथा बिस्तार अभियान २ को क्रममा शुक्रवार जाजरकोट छेडागाड नगरपालीकाको वडा नं. १२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै क्षेत्रीले चुनाव अघि झुठा आश्वासन बाड्नेहरु अहिले सरकारमा गएपछि जनतामाथि करको भारी बोकाएर झनु दुख दिईरहेको बताए । साथै मुलुकमा हत्या, हिंसा, बलात्कार, महङगि, भ्रष्टाचार लगायतका घटनाहरुमा बढोत्तरी भईरहेको र सरकार फासिवादतर्फ उन्मुख भएको पनि उनले आरोप लगाए ।
अब गाँउमा भ्रष्टाचार गर्नेलाई कपाल मुडेर गाँउ गाँउबाट जनताले खेदाउने चेतावनी उदै उनले भने हाम्रो पार्टीले त्यको नेतृत्व गर्ने छ, साथै देशलाई खोक्रो बनाउने एनजिओ, आईएनजिओ पनि गाँउ गाँउबाट लखेटिनेछन् ।


डलरको प्रलोभन देखाएर क्रिष्चियन धर्म प्रचार र विस्तार गर्ने कार्य भईरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । जनयुद्ध विचलन हुँदा जनताले पार्टी र आन्दोलनप्रति धेरै प्रश्न उठाएको भन्दै व्यवहारबाट नै सबै प्रश्नको उत्तर दिने उनले बताए । आफ्नो पार्टीको नेतृत्वमा संचालित एकिकृत जनक्रान्तिबारे विश्वमा बहस भएको बताउदै केन्द्रिय सदस्य क्षेत्रीले एकिकृत जनक्रान्ति रुसमा लेलिन र चीनमा माओले सम्पन्न गरेको क्रान्ति भन्दा नयाँ मोडेलको रहेको बताए । अहिलेको समस्याको हल वैज्ञानिक समाजवाद भएको समेत क्षेत्रीको भनाई छ ।


यस्तै नेकपा जाजरकोटका सेक्रेटरी के.वी. मल्लले जनयुद्धकालमा जाजरकोटले भोगेको पिडा अझै ताजै रहेको बताए । झण्डै तीन सयले जनयुद्धमा बलिदान गरे पनि नेताले धोका दिएको कारण जाजरकोटको अवस्था फेरीन नसकेको बताए ।
सेक्रेटरी मल्लले भने, जनयुद्धको एजेण्डा जनताले अनुमोदन गरे तर नेताले धोका दिएकाले शोशित पिडित जनताको मुक्ति हुन सकेन, अब वर्तमान दलाल राज्यसत्ताको विकल्प खोजौ, हाम्रो मुक्ति अवश्य हुनेछ ।
कोणसभाको सन्चालन जाजरकोट जिल्ला पार्टी सदस्य दीप लामाले गरेका थिए भने कार्यक्रममा भेरी व्युरो सदस्य निलम, अभियान यात्री तथा बाकेँ जिलला पार्टी सचिवालय सदस्य रणजीत, महिला नेतृ ममता लगायतको सहभागिता थियो ।


शुक्रवार बिहान अभियान्ताहरुलाई सोहि नगरपालीकाको १३ नम्बर वडाका स्थानीयले अबिर र माला लगाएर बिदाई गरेका थिए । अभियान फागुन अन्तिम सम्म सन्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ