सांसदलाई खानेपानीमन्त्री मगरको जवाफः ‘मेलम्ची आयोजना मेरो सफलताको बिषय हो, म आएपछि नै धेरै काम भयो’

सांसदलाई खानेपानीमन्त्री मगरको जवाफः ‘मेलम्ची आयोजना मेरो सफलताको बिषय हो, म आएपछि नै धेरै काम भयो’

  • शुक्रबार, फाल्गुन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौँ, १० फागुन ।
खानेपानीमन्त्री विना मगरले आफु मन्त्री भएर आएपछि मेलम्ची खानेपानी आयोजनाले गतिलिएको बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री मगरले मेलम्ची आयोजनालाई आफू मन्त्री भएर आएपछि गतिका साथ अघि बढाएकाले तुलनात्मक रुपमा काम भएको जिकिर गरिन् । मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर र मन्त्रीबीचको विवाद र सिएमसीसँग कमिशन मागिएका सम्बन्धमा भइरहेको सार्वजनिक टीकाटिप्पणीको सत्यतथ्य के हो भन्ने सांसद डिला सङ्ग्रौलाको प्रश्नमा उनले आफ्नै कारणले मेलम्ची आयोजनाले गति पाएको जवाफ दिएकी थिईन् ।
जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको दाबी गर्दै उनले भनिन्, “म आएपछि धेरै काम भएको हो, निर्माण कम्पनी सिएमसीको लापर्वाहीले परिणाम दिन सकिएन, सुरुङ ‘ब्रेक थ्रु’र ‘भ्यान्टिलेसन’ निर्माण प्रक्रिया शुरु हुनु, फिनिसिङ अन्तिम चरणमा पुग्नु यसका उदाहरण हुन् ।”
सिएमसीले ठेक्का छाडेकाले पूर्व्निर्धा्रित तालिकानुसार पानी आउन नसकेको उनको भनाई थियो । “अहिले मन्त्रालय दुई वटा विकल्प लिएर अघि बढेको छ, पहिलो सिएमसी आए छिटो समस्या समाधान हुन्छ, पानी छिटो आउँछ, यसैले सरकारले संयमतापूर्वक छलफल अघि बढाएको छ, पुनःबोलपत्र आह्वान गरी छिटो पानी ल्याउने अर्को तयारी पनि गरिएको छ”, मन्त्री मगरले भनिन् ।
सिएमसी गएपछि रोकिएको काम पुनः सुचारु गर्ने प्रयास भईरहेको पनि उनको भनाई छ ।
सिएमसी नआए पनि तीव्ररुपमा काम गर्ने गरी पुनःबोलपत्र आह्वानको तयारी गरिएको पनि जानकारी गराईन् । मेलम्ची आयोजना आफ्नो सफलताको बिषय भएको भन्दै उनले पूर्वसचिवलाई पहिलो प्राथमिकतामा राखेर मेलम्चीको काम गर्न निर्देशन दिएकामा नगरेपछि सरुवा गरिएको पनि बताईन् ।

आफू आएपछि रु ८४ करोड १५ लाख मेलम्ची आयोजनाले भुक्तानी दिएकामा रु एक अर्ब खाएको भनी प्रचार गरिएकामा मन्त्री मगरको आपत्ति छ । मेलम्चीको विकल्पका रुपमा उपत्यकाका महादेवखोलालगायत पानीको स्रोतका बारेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यसअघि पूरक प्रश्न गर्दै सांसद राजेन्द्रकुमार केसीले गत वैशाखमै पानी आउँछ भनेर भाषण गर्ने तर अझै काम पुरा नभएको भन्दै पानी आउने प्रष्ट तिथिमिति जानकारी पाऔँ भनी माग गरेका थिए । सांसद महेश बस्नेतले मेलम्चीले पाइप विस्तार गरेको स्थानलाई प्यवस्थीत गर्नु सुझाएका थिए ।
सांसद गगनकुमार थापाले पूर्वसचिव ठाकुरले सिएमसीलाई रु तीन करोड दिएर फर्काउन नमान्दा आफू सरुवामा परेको भनी दिएको सार्वजनिक टिप्पणीमा दोषी को हो जान्न पाउने जनताको अधिकार रहेको भनी ध्यानाकर्षण गराए।
सांसद प्रेम सुवालले चार आर्थिक वर्षसम्म समय तोक्दा पनि काठमाडौँ उपत्यकामा पानी नआएकाले उपत्यका वरपरका जलाधारको संरक्षण गर्ने सम्बन्धमा मन्त्रालयको के कार्यक्रम छ भनी प्रश्न राखे । सांसद बहादुरसिंह लामाले सिएमसी कम्पनीले ९५ प्रतिशत काम गरेको भनिए पनि कागजातको अध्ययन गर्दा ८० प्रतिशत मात्र काम भएको देखिने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ