नेकपाकाे संगठन सुदृणिकरण तथा बिस्तार अभियान अछाममा तिब्र

नेकपाकाे संगठन सुदृणिकरण तथा बिस्तार अभियान अछाममा तिब्र

  • बिहिबार, फाल्गुन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.9K
    SHARES

तपेन्द्र शाही/ अछाम, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी अछामले सङ्गठन सुदृणिकरण तथा बिस्तार अभियान – २ तिब्र गतिमा अघि बढेको जनाएकाे छ । माघ १ बाट देशब्यापि रूपमा सन्चालीत अभियान अछाममा पनि सानदार रूपमा अघि बढेकेा  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य बन्धु चन्दले जानकारी दिइन ।

नेतृ चन्दकाे नेतृत्वमा चलेको अभियान टिममा सेती ब्युरो सदस्य गणेश ढकाल, अछाम जिल्ला इन्चार्ज सेर बहादुर बि. क. , सेती ब्युरो सदस्य तथा स्कुलिङ्ग बिभाग प्रमुख धराप, सेति ब्युरो सदस्य एल बि, कास्की जिल्ला सेक्रेटरी आक्रोश चितवन जिल्ला इन्चार्ज लाल बहादुर बिसी, दाङ्ग जिल्ला सचिवालय सदस्य प्रदिप वली, अछामका जिल्लाका नेता कार्यकर्ता परिचालीत छन् ।

अभियान टिमले अछाममा ८० वटा पार्टी सेल, ४० वटा युबा सङ्गठन नेपालकाे सेल कमिटी, ३०  वटा महिला सेल कमिटी,६१ वटा विद्यार्थीका इकाई कमिटी, विभिन्न पार्टीका जनबर्गिय सङ्गठन बिस्तार भइसकेका छ्न् ।

अभियानमा अछामका जनयुद्धका आधार गाउँहरु नेकपाको अभियानले रौनक छाएको छ । पुर्व माओवादी केन्द्र, एमाले, काङ्ग्रेसका नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि ने.क.पा. मा प्रवेश गर्नेको पनि लर्को रहेको छ । अहिलेसम्म विभिन्न पार्टी परित्याग गरि 85 जना पार्टी प्रवेश गरि सकेका छ्न् ।
अभियानका क्रममा जनतासँग प्रत्यक्ष भेटघाट र विभिन्न अन्तरक्रिया कार्यक्रम पनि गरिरहेकाे बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ