कारागारका बन्दीहरु माथी अन्याय नगर्न विप्लव नेकपाको चेतावनी

कारागारका बन्दीहरु माथी अन्याय नगर्न विप्लव नेकपाको चेतावनी

  • बुधबार, फाल्गुन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

प्रबिण अधिकारी/भद्रपुर, ८ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीले झापा कारागारका कैदी बन्दीहरु माथि अन्याय नगर्न जेलर प्रशासनलाई चेतावनी दिएको छ ।
नेकपा झापाका सेक्रेटरी सुमनसिंह पौडेलले आज बिज्ञप्ती जारी गरी झापा सदरमुकाम चन्द्रगढी स्थिती कारागारमा रहेका कैदी बन्दीहरुको आन्दोलनमा एकेबद्धता जनाउदै यस्तो चेतावनी दिएको हो ।
कैदी बन्दिले १७ बुंदे माग राखेर आन्दोलन गरेपछी कैदी बन्दिका माग प्रती एकेबद्दता जनाउदै नेपाल कम्युनिस्ट पार्टी झापाले सो चेतावनी दिएको हो ।
सेक्रेटरी पौडेलले जारी गरिएको बिज्ञप्तीमा भनिएको छ, कैदी बन्दीहरुले उठाएका जायज मागहरु यथाशिघ्र पूरा गरि भयरहित अवस्थामा कैद भुक्तान गर्ने वातावरण निर्माण गर्न संमबन्धित पक्षलाई अनुरोध गर्दै आफ्ना गलत कृयाकलापको ढाकछोप गर्नकै निम्ति कैदी बन्दि स्थानतरण नगर्न , प्रशासन प्रयोग गरेर कैदी बन्दी माथी दमन नगर्न सचेत गराउंदै बन्दिहरुका जायज माग पूरा गर्न अनुरोध गर्दछौं ।

बन्दिहरुले विभिन्न १७ ओटा बिषय अगाडि सार्दै आफ्ना मागहरु राखेका छन।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ