“अब भ्रष्टचारीलाई युवा संगठनले कार्वाहि गर्छ”

“अब भ्रष्टचारीलाई युवा संगठनले कार्वाहि गर्छ”

  • बुधबार, फाल्गुन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

सर्गम श्रेष्ठ/बिर्तामोड, ८ फागुन ।
नेपाल कम्युनिस्ट पाटीको जनवर्गीय संगठन युवा सङ्गठन नेपाल झापाको पहिलो बैठक सम्पन्न भएको छ ।
तेस्रो जिल्ला सम्मेलन पछि बिर्तामोडमा बसेको प्रथम बैठकको अध्यषता सङ्गठनका जिल्ला अध्यक्ष सेसेहाङ लिम्बूले गरेका थिए । बैठकमा मुख्य अतिथि सङ्गठनका मेची संयोजक निमा थिए भने पार्टीका जिल्ला सचिव सुमनसिंह पौडेलको विशेष उपस्थिति थियो ।
युवा सङ्गठनका मेची संयोजक निमाले युवाहरूलाई योजनाअनुसार सशक्त भएर लाग्न आह्वान गरे । युवाहरूले सबैतिर हस्तक्षेप गरेर अघि बढ्नुपर्ने उनले बताए ।
बैठकमा प्रशिक्षण दिँदै नेकपा झापा सेक्रेटरी पौडेलले भ्रष्टहरूले षड्यन्त्रमूलक ढङ्गले कब्जामा लिएका विकासका योजनाहरू खोसेर युवाहरूले लिनुपर्ने बताए ।
दलाल, तस्कर र भ्रष्ट जनप्रतिनिधिहरूले स्थानीय स्तरमा हुँदै गरेका कामहरूमा भ्रष्टाचार गरेकाले नेकपाका युवाहरूले सिङ्गो सङ्गठनलाई परिचालन गरेर आफ्नो पहलमा काम गर्न उनले निर्देशन दिए ।
आफैँ श्रम गरी उत्कृष्ट काम गरेर जनतालाई दिनुपर्ने र त्यसका लागि भ्रष्टहरूको कब्जामा रहेका सबै काम खोसेर अघि बढ्नुपर्ने पौडेलले बताए ।
प्रशिक्षणका क्रममा सेक्रेटरी पौडेलले भने, ‘अब सबै युवाहरूलाई क्रान्तिमा ल्याउनुपर्छ । राज्यको गैरजिम्मेवारीपनका कारण युवाहरूको हालत तहसनहस भएको छ । युवाहरूलाई क्रान्तिमा सहभागी गराएर एकीकृत जनक्रान्ति पूरा गर्नुपर्ने उनको भनाइ थियो । अब क्रान्ति नजिक आइरहेकाले युवाहरूले आफूलाई सैन्यीकृत गर्नुपर्ने स्थिति आएको पनि उनले बताए ।
बैठकले लागूपदार्थ दुव्र्यसनी गर्ने र गराउनेहरूमाथि कडा कारबाही गर्ने, लापरबाही गर्ने मेनपावर व्यवसायीहरूलाई कारबाही गर्ने, यौन व्यवसाय सञ्चालकहरू तथा भ्रष्टहरूलाई कारबाही गर्ने निर्णय गरिएको युवा सङ्गठनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ