प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै

  • बुधबार, फाल्गुन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधनका लागि भौतिक व्यवस्थापनदेखि संसद भवन सजावटलगायत आवश्यक तयारी पूरा भएको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए ।
उनका अनुसार संसद भवनमा प्रधानमन्त्रीका लागि सभामुखको विशेष स्थानमा व्यवस्था गरिएको छ ।
प्रधानमन्त्रीलाई सभामुख अर्जुनबहादुर थापा र मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गर्ने कार्यक्रम छ । बैठक सुरु भएपछि सभामुखले विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्ने छन्, भने उनको सम्बोधनपछि बैठक समापन हुनेछ ।
बैठकपछि प्रधानमन्त्रीले सांसदहरुसँग सामुहिक फोटो खिच्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सम्बोधन सुन्न आउने व्यक्तिहरुका लागि संसद कक्षको पछाडि बस्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा परिसर सिंगारिएको छ ।

प्रदेश सभा कक्षमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेश सभामा सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले धनगढीमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी