नेकपाको लुम्बिनी बन्द फिर्ताको घोषणा, गिरफ्तार नेताहरु रिहा(विज्ञप्तीसहित)

नेकपाको लुम्बिनी बन्द फिर्ताको घोषणा, गिरफ्तार नेताहरु रिहा(विज्ञप्तीसहित)

  • मङ्लबार, फाल्गुन ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

बुटवल,फागुन ७ । 
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते आव्हान गरेको बन्द फिर्ता भएको छ । आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको थियो ।

आज अर्घाखाँचीको सन्धिखर्कमा सबै नेताहरुलाई अदालतबाट १० हजार धरौटीमा रिहाँ गरेपछि बन्द फिर्ता गरेको हो । गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज कमरेड पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका व्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द वीरजंगद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘झुठ्ठा मुद्दा लगाई गिरफ्तार गरिएका कमरेडहरुलाई आज प्रशासनले रिहा गरेको छ । हाम्रो पार्टीको सांगठनिक अभियान निरन्तर चलिरहेको जानकारी गराउँदै जनताहरुमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै पूर्वघोषित संघर्षको कार्यक्रम अन्तर्गत फागुन ८ गते हुने भनिएको लुम्बिनी व्यूरोका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता गरिएको जानकारी यसै विज्ञप्तीमार्फत गराउदछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ