१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना अझै अनिश्चित !

१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना अझै अनिश्चित !

  • सोमवार, फाल्गुन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

६ फागुन, काठमाडौं । मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना अझै अनिश्चित बनेकेा छ ।  पुसमा परीक्षण उत्पादन गर्ने भनिएपनि आयोजनाको काम सुस्त गतिमा भएका कारण समस्या भएकाे हाे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अबको केही महिनाभित्रै कुलेखानी तेस्रोलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएपनि कामको गति सुस्त भएपछि आयोजनाले परीक्षण उत्पादनको नयाँ मिति तय गर्नसमेत सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बनाइरहेको यो आयोजना बनाउन लक्ष्यभन्दा ७ वर्ष ढिला भइसकेको छ ।चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले अहिले इलेक्ट्रो मेकानिकल अन्तरगतको काम गरिरहेको छ ।

सन् २०११ मै उत्पादन थाल्नुपर्ने आयोजना निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति हाल पनि जारी छ ।यो कामको जिम्मा चिनियाँ कम्पनीले पाए पनि काम भने स्वदेशकै हुलास इञ्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले गरिरहेको छ । चे जियाङ जिल्लुनसँग आपसी मेलमिलापमा सहायक ठेकेदारका रुपमा उक्त आयोजनामा हुलासको ‘इन्ट्री’ भएको हो । तर, सहायक ठेकेदार नियुक्तिका लागि प्राधिकरणसँग अनुमति लिनुपर्ने प्रावधान मिचिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ