सर्गम श्रेष्ठ (सुमन)/ झापा, ६ फागुन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनबर्गिय संगठनको संयुक्त झापा जिल्ला सम्मेलन बिभिन्न संगठनको नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
भद्रपुरमा आइतबार सम्पन्न सम्मेलनले जिल्लाको विभिन्न संगठनको नयाँ नेतृत्व चयन गरेको हो ।
झापा जिल्लामा भएको जनबर्गिय संगठनहरुको संयुक्त झापा जिल्ला सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ । जसअन्तरगत अखिल (क्रान्तिकारी)को संजय राईको अध्यक्षतामा १७ सदस्य जिल्ला कमिटी गठन भएको छ ।
यस्तै कुमार मैनालीको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटी गठन भएको छ । भने युवा संगठन नेपालको अध्यक्षमा सेसेहाङ चयन भएका छन् । २५ सदस्य जिल्ला कमिटी गठन भएको छ ।
किशान संगठनमा डिल्लि गुरागाइको अध्यक्ष १३ सदस्य जिल्ला कमिटी गठन भएको छ । भने सुकुम्बासी संगठनमा कुलेन्द्रको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी गठन भएको छ ।
कार्यक्रमको प्रमुख अथिती पार्टीका पोलिट ब्यूरो सदस्य ओम प्रकाश् पुनले गर्नु भएको थियो।त्यसै गरि कार्यक्रममा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल, मेची ब्यूरो संयोजक,झापा जिल्ला संयोजक,इलाम जिल्लाका ईन्चाज सर्व श्रेष्ठ , झापा जिल्ला सेक्रेटरी सुमनसिंङ लगायतले सम्भोधन गर्नु भएको थियो।

सम्मेलनमा विद्यार्थी, झापालि जनता बुद्धिजीवी बर्ग,सुकुम्बासी ,मजदुरबर्ग,सामना परिवारका कलाकारहरु ,पत्रकारहरु,पार्टीका नेता कार्यकर्ता लगायतका जनमानसको बाक्लो उपस्थिति रहेको थियो ।
