बन्दुकको बलमा सत्ता टिकाउन खोज्नु मुर्खता, दमनको प्रतिरोध हुन्छ:  नेता पुन (फाेटाेफिचर)

बन्दुकको बलमा सत्ता टिकाउन खोज्नु मुर्खता, दमनको प्रतिरोध हुन्छ:  नेता पुन (फाेटाेफिचर)

  • आइतवार, फाल्गुन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

प्रविण अधिकारी/झापा,५ माघ ।
नेपाल कम्युनिस्ट पार्टीको जनवर्गिय संगठनहरुको आयोजनामा झापाको भद्रपुरमा संयुक्त झापा जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ ।
किसान मजदुरसंघका अध्यक्ष खोम मिश्रको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेकपा पोलिट्व्युरो सदस्य एवम् भुमिहिन सुकुम्बासी महासंघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले गरेका थिए। झापाको भद्रपुरमा भएको सम्मेलनमा विद्यार्थी, झापालि जनता बुद्धिजीवी बर्ग,सुकुम्बासी ,मजदुरबर्ग,सामना परिवारका कलाकारहरु ,पत्रकारहरु,पार्टीका नेता कार्यकर्ता लगायतका जनमानसको बाक्लो उपस्थिति रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पोलिट्व्युरो सदस्य ओम प्रकाश पुनले केपी ओली पुँजिवादि दलाल भएको बताए । नेता पुनले प्रचण्ड बाबुरामहरु र गृहमन्त्री बादल क्रान्तिको भगौडा रहेको र पुँजिवादि पिजडा भित्रका सुगा भएको बताए ।
उनले सुरक्षा निकायसँग आफुहरुको दुस्मनी नभएको बताउँदै राष्ट्रिय स्वाधीनताका निमित्त सेना, प्रहरी र ससस्त्र तीनै निकायलाई एकिकृत जनक्रान्तिको धारमा आउन अपिल समेत गरे । उनले सुरक्षा निकाय राजनीतिक दलको कार्यकर्ता नभएर देशको सेवक भएको भन्दै राष्ट्रिय स्वाधीनता र सिमा रक्षाका लागि लागिपर्न आग्रह गरे।
बर्तमान दलाल राज्यसत्तामा धमिरा लागिसकेको बताउँदै उनले बैज्ञानिक समाजबादको गन्तव्य टाढा नरहेको बताए । हिजो गणतन्त्र ल्याउनका निमित्त आफुहरु लडिरहँदा राजाको पाउमा भेटि चढाउने केपी ओलीहरु अहिले गणतन्त्रको ठेकेदार जस्तो बन्न खोज्नु हास्यास्पद भएको बताए । माओवादी गणतन्त्रका लागि लड्दै गर्दा नेपालमा गणतन्त्र ल्याउछु भन्नू बयलगाढा चढेर अमेरिका जानू हो भन्ने अभिव्यक्ति दिएका अभिव्यक्ति जनताले नभुलेको पुनको भनाई छ ।
बन्दुकले कुनै सत्ता नटिक्ने बताउँदै नेता पुनले सबैलाई एकपटक राष्ट्रिय स्वाधीनताका लागि एकहुन आग्रह गरे । उनले भने, बन्दुको बलमा सत्ता टिकाउन खोज्नु मूर्खता हो,हामिबिरुद्ध दमनगरिए ससक्त प्रतिरोध हुन्छ ।


यस्तै कार्यक्रममा झापा जिल्ला सेक्रेटेरी सुमनसिंह पौडेलले भ्रष्टाचार र घुसखोरी बढेको भन्दै जनप्रतिनिधी नै त्यसमा संलगन भएको बताएका छन् । उनले सरकारी पक्षका जनप्रतिनिधिले मजदुर,सुकुम्बासी ,गरिब जनतामाथि विभेदको नीति,शोषणको नीति नत्यागे गम्भीर परिस्थिति सिर्जना हुने दिए ।
उनले प्रश्न गर्दै भने, नगरपालिकाका मेयर लगायतका जनप्रतिनिधिहरुले रातारात कसरी पजेरो चढे?रातारात कसरी करोडपति बने ?जनताको न्यायका लागि के गरे? जनतालाई करको भारी बोकाउने अनी जनप्रतिनिधि पजेरोमा रमाउने, यो हामिलाई मान्य छैन ।
जनताका न्यायका लागि ,राष्ट्रियताका लागि,सुकुम्बासीका हकहितका लागि हतियार उठाउनु परेपनि आफुहरु पछि नहत्ने बताए । सिंहको मन्तब्य लगत्तै आफ्नो मन्तव्य राख्ने क्रममा ट्रेड युनियन महासंघका उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठले पनि आक्रोश व्यक्त गर्दै झापा आन्दोलनका नेतृत्व गर्ने केपी ओलीहरु सत्तामा रहेर पनि आज दलाल भएको बताए।


उनले यदि सरकारले मजदुरहरुमाथि राज्यले निरन्तर दमनको नीति लिएमा सरकारी पक्षका दलालहरुलाई महँगो पर्ने चेतावनी दिए।
कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले विद्यार्थी बर्गलाई सम्बोधन गर्दैदेशमा नयाँ समाजवादि शिक्षाको आवश्यकता रहेको बताए ।

देशमा शैक्षिक माफियाहरुको हालिमुहालि बढिरहेको, शिक्षामा दलालहरुको बिगबिगी रहेको भन्दै क्रान्तिकारी विद्यार्थीले वर्गिय शिक्षाको अन्त्य गरेर नयाँ बैज्ञानिक समाजवादि शिक्षाको लागि जस्तोसुकै चरणबद्ध आन्दोलन गर्न तयार रहेको बताए ।


उनले बिद्यार्थीहरुलाई कलम समाएर अधिकार माग्दा दमन भए जस्तोसुकै आन्दोलन गर्न तयार रहेका भन्दै जनयुद्धको पहिलो सहिद विद्यार्थी दिलबहादुर रमतेल रहेको कुरा नभुल्न चेतावनी दिए। कार्यक्रममा थुप्रै झापाका पिडित ,शोसित,सुकुम्बासी बर्गले आफुहरुमाथि जनप्रतिनिधि लगायतका सरकारी पक्षले दमन गरेको भन्दै जनसरकारको अदालतमा मुद्दा दर्ता गराएका छन्।

यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठ, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष संजय राई लगायतले सम्बोधन गरेको थिए । कार्यक्रमको समापन किसान मजदुर संघका जिल्ला अध्यक्ष खोम मिश्रले गरेका थिए। कार्यकम सुरु हुनुपूर्व भद्रपुरको लेखनाथ चोकबाट र्याली निकालिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ