विप्लव नेतृत्वको नेकपामा पूर्णकालीन हुनेको लहरः जनयुद्धको जीवन्त झल्को दियो –शिलु, देशभर अभियान तिब्र

विप्लव नेतृत्वको नेकपामा पूर्णकालीन हुनेको लहरः जनयुद्धको जीवन्त झल्को दियो –शिलु, देशभर अभियान तिब्र

  • शनिबार, फाल्गुन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.6K
    SHARES

काठमाडाैं, ४ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा बिस्तार अभियान –२ देशभर तिब्र रुपमा अघि बढरिहेको नेताहरुले बताएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चलिरहेको अभियानमा पूर्णकालीन हुने संख्यामा पनि बृद्धि भएको छ ।
अभियानका क्रममा संगठन बिस्तार, सुदृणिकरण, जनसभा, पिडि सभा, प्रचार–प्रसार तथा प्रशिक्षण, भित्तेलेखन लगायतका कार्यहरु भईरहेको अभियान्ताहरुले बताएका छन् ।
अभियानको प्रभावस्वरुप देशभरबाट पार्टीमा युवाहरुको आकर्षण बढ्नुको साथै पूर्णकालिन हुनेको सङ्ख्या पनि बृद्धि भएको छ । माघ १ को अभियान सुरु भएको केहि दिनमै जनकपुर व्युरो अन्तरगत सिन्धुली जिल्लाबाट तीन जना पार्टीमा पूर्णकालीन भएको छन् । उक्त व्युरोमा जारी अभियानको नेतृत्व पार्टी पिविएम उमा भुजेल शिलुले गरिरहेकी छिन् ।
जिल्लाको गोलन्जर गाउँपालिकास्थित दमैडाँडाकी सुविक्षा नेपाली नेपाल कम्युनिस्ट पार्टीमा पूर्णकालीन कार्यकर्ता भएकी छन् ।

छोरी सुविक्षालाई पार्टीमा पूर्णकालीन कार्यकर्ता बनाएर अभियान टाेली प्रमुख शिलुलाइ जिम्मा लगाउँदै आमा बुबा ।

छोरी सुविक्षालाई पार्टीमा पूर्णकालीन कार्यकर्ता बनाएर सिताले अभियान टोली प्रमुख शिलुको जिम्मा लगाएकी हुन् । यस घटनाले जनयुद्धको जीवन्त झल्को मिलेको प्रमुख शिलुले बताइन् । बिदाई क्षणमा भावविभोर बनेकी आमा सिताले भनिन् ‘हामी सधै कति दबिएर बस्नु, छोरीले राम्रोे गरेर देखाउनुपर्छ । छोरी घरबाट गएपनि आमाभन्दा असल ठूलो दिदीको साथमा गएकी छे । यसबाट म खुशी छु ।’छोरी क्रान्तिमा गएपछि आफूहरुले कसैको हेपाह र चेपुवा सहन नपर्ने विश्वास आमा सिताले व्यक्त गरिन् ।

पार्टीमा पूर्णकालीन बनेकाहरूलाइ स्वागत गर्दै पार्टी पिविएम तथा अभियान टाेली प्रमुख शिलु ।

यस्तै सिन्धुलीबाटै राजु रम्तेल र राजु ठकुरी पनि पार्टीमा पूर्णकालीन भएका छन् । अभियान क्रममा स्वेच्छाले नेपाली क्रान्तिमा भर्ती भएको घटना यो नै सम्भवतः पहिलो हो ।


यस्तै सगरमाथा र कोशी व्युरोबाट ६ /६ जना पूर्णकालीन भएका छन् । भोजपुरको अरुण गाउँपालीकाबाट धनबहादुर राई, सुमन राई रहेका छने भने त्रियुगा नगरपालीका ६ बाट रामकृष्ण सदा छन् ।

सगरमाथा व्युराेबाट नेकपामा पूर्णकालीन भएपछि अभियान टाेलीसँग युवाहरू । साथमा अभियान टाेली प्रमुख तथा पार्टी केन्द्रिय सदस्य सन्जिव ।

अभियान टाेलीका प्रमुख तथा नेकपा केन्द्रिय सदस्य सन्जिवले नेकपामा पूर्णकालिन हुनेकाे सङ्रख्या बढ्नुका साथै युवाहरूकाे अाकरर्षण बढेकेा बताए । साथै अन्य बिभिन्न पार्रटीमा सक्रिय राजनीति गरेका र निर्वाचनमा उम्मेदवार बनेकाहरू पनि पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्ने गरेकेा बताए ।


उता कोशी व्युरो अन्तरगत धनकुटाको साघुरीगढी ७ बाट सहदेव राई, प्रकाश राई, थामबहादुर राई र देउमान राई अभियानकै क्रममा पार्टीमा पूर्णकालीन भएका छन् । यस्तै कैलालीबाट पनि अभियानकै क्रममा २० जना पूर्णकालिन भएको जिल्ला इन्चार्ज विवेक कुमालले जानकारी दिए ।


यता, जनकपुर व्युरोको अभियान टोलि प्रमुख शिलुले अभियानका क्रममा युवा वर्गको नेकपाप्रति आकर्षण बढेको बताईन् । जनताको घरदैलोमा पुगेर उनीहरुसँगै छलफल र जनश्रमदानमा अभियान्ताहरु जुटेको र यसले राम्रो प्रभाव पारेको उनको भनाई छ ।

माघ १ देखि सुरु भएको अभियानपछि सिन्धुली जिल्लाका गाँउहरु नै नेकपामय बनेको अभियान्ताहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी